default_image

8 years ago

April 17, 2016

पुलिसलाई राष्ट्रिय लिग भलिबलको उपाधि

काठमाडौं – झापामा भएको तेश्रो राष्ट्रिय पुरुष लिग भलिवल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । पुलिसले नेपाल आर्मीलाई ३–० को सोझो सेटमा पराजित गर्दै तेस्रो सस्करणको उपाधि उचालेको हो । धाइजन मोडको भलिबल कोर्टमा भएको खेलमा पुलिसले आर्मी विरुद्धको उत्कृष्ट डिफेन्स गरैसँगै सहज जित दर्ता गरेको थियो । पुलिसले आर्मी विरुद्धको पहिलो सेट […]

38 views

0 Bookmark

काठमाडौं – झापामा भएको तेश्रो राष्ट्रिय पुरुष लिग भलिवल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । पुलिसले नेपाल आर्मीलाई ३–० को सोझो सेटमा पराजित गर्दै तेस्रो सस्करणको उपाधि उचालेको हो ।

राष्ट्रिय पुरुष लिग भलिबल उपाधिका साथ पुलिस क्लबका खेलाडी ।

राष्ट्रिय पुरुष लिग भलिबल उपाधिका साथ पुलिस क्लबका खेलाडी ।

धाइजन मोडको भलिबल कोर्टमा भएको खेलमा पुलिसले आर्मी विरुद्धको उत्कृष्ट डिफेन्स गरैसँगै सहज जित दर्ता गरेको थियो । पुलिसले आर्मी विरुद्धको पहिलो सेट २५–१७ ले आफ्नो पक्षमा पार्दै खेलमा उत्कृष्ट शुरुवात ग¥यो । आर्मी सेटमा फर्कने प्रयास गरेपनि पुलिसको उत्कष्ट स्पाईक र ब्लकपछि दोस्रो सेट पुलिसले नै २५–१८ ले जित्यो । लगातार दोस्रो सेट पनि पुलिसले जितपछि आर्मीमाथी थप दबाब परेको थियो । पुलिसले आर्मीविरुद्धको तेस्रो सेट पनि २५–१४ ले जितेसँगै लगातार तेस्रो पटक पुरुष भलिबलको उपाधि जितेको हो । बुटवलबाट सुरुभएको बिजय यात्रालाई ह्याट्रिकका साथ नवबर्ष २०७३ को पहिलो सात उपाधि चुम्न सफल भएको हो । विजेता पुलिसले ३ लाख १५ हजार नगद पुरस्कार,ट्रफि,मेडल तथा प्रमाणपत्र हात पा¥यो ।

पहिलो पुरस्कारको राशी सोनिया घरघरेडी खरिद विक्री केन्द्र दुहागढी ६ का प्रबन्ध निर्देशक नरेन्द्र मेचे (गछाम) ले उपलब्ध गराएका हुन् । उपविजेतामा चिक्त बुझाएको आर्मीले नगद १ लाख ७५ हजार र ट्रफि प्राप्त हात पा¥यो । दोश्रो पुरस्कारको राशी रामकुमार कन्दम्वाले प्रयोजन गरेका थिए । प्रतियोगितामा तेस्रो भएको सशस्त्र प्रहरी बलको(एपीएफ) क्लबले १ लाख १० हजार नगद तथा ट्रफि प्राप्त ग¥यो ।

प्रतियोगितामा नेपाल पुलिस क्लबका कुल बहादुर थापा सर्बोत्कृष्ट खेलाडी चूनिए । थापाले नगद २५ हजार र ट्रफि हात पारे । त्यस्तै बिधागत उत्कृष्ट तर्फ बेस्ट स्पाइकर पुलिसका सन्जय अर्याल,बेस्ट ब्लकर आर्मीका राज कुमार थापा,बेस्ट लिफ्टर पुलिसका इम राना मगर र बेस्ट लिब्रो पुलिसका सम्सेर चन्दले हात पारे । विधागत उत्कृष्ट सबैले नगद ५ हजार पुरस्कार हात पारे । सो अवसरमा भारतमा सम्पन्न १२औँ दक्षिण एसियाली खेलकुद(साग)मा महिला भलिबलको तर्फबाट कास्य पदक विजेता खेलाडी कोपीला उप्रेतिलाई सम्मानपत्रद्धारा सम्मान गरीएको थियो ।

पुर्वाञ्चलकी क्षेत्रकी उप्रेतिलाई प्रमुख अतिथी पुर्व अर्थमन्त्रि पाण्डेले सम्मान गरेका थिए । प्रतियोगिताको विजेता खेलाडीलाई प्रमुख अतिथी पुर्व अर्थमन्त्रि एवम् नेकपा एमाले पोलिटब्यूरो सदस्य सुरेन्द्र पाण्डे र नेपाल भलिबल सघंका अध्यक्ष दान बहादुर तामाङ लगायतले पुरस्कृत गरे ।

April 18, 2024

राष्ट्रपति रनिङ सिल्ड – सुदूरपश्चिम टिम च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)– सुदूरपश्चिम प्रदेशले पहिलो पटक केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ सिल्डमा बिहीबार टिम च्याम्पियन बनेको छ । १४ औं संस्करणमा १९ स्वर्ण, १२ रजत र १८ कांस्य पदकका साथ सुदूरपश्चिम च्याम्पियन बनेको हो । बागमती प्रदेश १७ स्वर्ण, १३ रजत र १५ कांस्य पदकका साथ दोश्रो भयो । तेश्रो स्थानको कर्णाली प्रदेशले १० स्वर्ण, ५ […]

April 18, 2024

एथलेटिक्समा ३ कीर्तिमान, आशिषले ३६ वर्ष पुरानो कीर्तिमान तोडे

काठमाडौं (हााम्रो खेलकुद)– १४ औं केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ सिल्डको अन्तिम दिन बिहीबार एथलेटिक्समा ३ नयाँ जुनियर राष्ट्रिय कीर्तिमान कायम भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित प्रतियोगितामा अन्तर्गत त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुदूरपश्चिम प्रदेशका आशिष महरले छात्र ट्रिपल जम्पमा १४.१९ मिटर जम्प गर्दै ३६ वर्षअघिको जुनियर राष्ट्रिय कीर्तिमान भंग गर्दै स्वर्ण पदक जितेको छन् […]

April 18, 2024

वर्षभर चलायमान भलिबल

दिल तामाङ नेपाली भलिबल वर्ष २०८० मा चलायमान रह्यो । घरेलु भलिबल व्यस्त रहँदा अन्तर्राष्ट्रिय सहभागिताले पनि निरन्तरता पायो । भलिबल नेपालको राष्ट्रिय खेल घोषणा भएको ६ वर्ष भन्दा बढी भइसकेको छ । तर, अपेक्षा अनुसार सरकारले भलिबलमा लगानी भने गरेको छैन । यद्यपि घरेलु भलिबल व्यस्त रह्यो । पुरुषको १५ र महिलाको ९ वटा […]

Success

Thank you for your time.