7 years ago
February 4, 2019
काठमाडौं – करातेका राष्ट्रिय खेलाडी बिप्लब लाल श्रेष्ठलाई हाईड एण्ड सिक किन्डर गार्डेन स्कुलले नगद सहित सम्मान गरेको छ ।

बनस्थलीस्थित स्कुलले आफ्नो बार्षिक कार्यक्रमका अवसरमा प्रत्येक बर्ष खेलाडीहरुलाई सम्मान गर्दै आई रहेकोमा यस पटक ब्रिटेनको लेसिस्टरमा आयोजना भएको ब्रिटिश कराते च्याम्पियनसिप २०१८ मा ८४ केजी मुनिको तौल समूहमा रजत पदक प्राप्त गर्न सफल श्रेष्ठलाई सम्मान गरेको हो ।
स्कुलको बार्षिक खेलकुद दिवशका अवसरमा प्रधान अध्यापक कुमद भट्ट, डा. चण्डीका प्रसाद भट्ट, ईन्दिरा चौलागाई र खेलकुद प्रशिक्षक हरि बहादुर तामाङ्ग लगायतले श्रेष्ठलाई नगद १० हजार रूपैयासहित ताम्रपत्रद्वारा सम्मान गरेको राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका अध्यक्ष एवं राष्ट्रिय टिम प्रशिक्षक दीपक श्रेष्ठले जानकारी गराएका छन् ।
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]