7 years ago
February 5, 2019
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल प्रहरीका नविता श्रेष्ठ र स्यान्टु श्रेष्ठ दोश्रो सम्झना कप राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगितामा च्याम्पियन बनेका छन् । मंगलबार भएको फाइनलमा नविताले महिला र स्यान्टुले पुरुष एकलको उपाधि जितेका थिए ।

राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्र, लैनचौरमा भएको खेलमा स्यान्टुले आफ्नै क्लबका विनेश खनियाँलाई ११–६, १३–११, ११–५ र ११–६ को सोझो सेटमा हराए । त्रिभुवन आर्मीका कृष्ण थापा मगरले एपिएफका सुनील महर्जनलाई ४–१ ले हराउदै तेश्रो बने ।
ललितपुर जिल्ला टेबलटेनिस संघद्वारा आयोजित प्रतियोगिताको महिलातर्फको फाइनलमा नविताले आर्मीकी दीक्षा तामाङको चुनौती ११–३, ११–७, ११–८ र ११–६ को सिधा सेटमा हराइन् ।
आर्मीकी स्वेच्छा नेम्वाङले आर्मीकै रविना महर्जनलाई ४–२ ले हराउँदै तेश्रो भइन् । दुवैतर्फको विजेताले ५० हजार, दोस्रोले २५ हजार र तेस्रो हुने खेलाडीले १२ हजार ५ सय रुपैयाँ प्राप्त गरे ।
संघिय सांसद् एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, कलाकार मदनकृष्ण श्रेष्ठ, अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष चतुरानन्दराज वैद्य, टेबलटेनिसका मुख्य प्रशिक्षक विनोद शाक्यलगायतले विजेताका खेलाडीलाई पुरस्कृत गरे । सम्झना ल्याबरोटरीको मुख्य प्रायोजनामा तीन दिने प्रतियोगितामा १० स्पर्धामा ३ सय ५० खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लबले दोस्रो जित निकालेको छ । आज भएको पहिलो प्रतिस्पर्धात्मक खेलमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-१ सेटले पराजित गरेको हो । एपिएफ २५-१५,२२-२५,२५-१८,२५-१८ विजयी भएको हो । आर्मीले २२–२५ को सेट आफ्नो पक्षमा पारेको थियो । खेलको प्लेयर अफ द म्याच […]