7 years ago
February 6, 2019
दिपक न्यौपाने
बुटवल – रुपन्देही लन टेनिस संघ र बुटबल लन टेनिस क्लबको आयोजनामा बुटबल लुम्बिनी खुला लन टेनिस अर्को महिना हुने भएको छ । फागुन ११ गते देखि प्रतियोगिता सुरु हुने बुधबार देविनगरस्थित एन्फा एकेडेमी सेन्टरको लन टेनिस कोर्टमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

प्रतियोगिता फागुन १६ गते सम्म सञ्चालन हुने रुपन्देहीका अध्यक्ष अशोक गुरुङले बताए । पुरुष एकलको विजेताले उपाधिसहित ५० हजार र दोस्रो हुने खेलाडीले २५ हजार रुपैयाँ पाउनेछन् ।
त्यस्तै महिला एकलको विजेताले पनि ५० हजार र दोस्रो हुने खेलाडीले २५ हजार रुपैयाँ पाउनेछन् । त्यस्तै पुरुष एकल ३५ बर्षमाथिको विजेताले ३५ हजार र दोस्रो हुने खेलाडीले २० हजार रुपैयाँ पाउनेछन् ।
मेन्स डबल्स ३५ वर्षमाथिको विजेता टोलीले १५ हजार र दोस्रो हुनेले १० हजार रुपैयाँ पाउनेछन् । पुरुष एकल ४५ वर्षमाथिको विजेताले २० हजार र दोस्रो हुनेले १० हजार रुपैयाँ पाउनेछन् । पुरुष डबल्स ४५ वर्ष माथिको विजेता टोलीले १५ हजार र दोस्रो हुनेले १० हजार रुपैयाँ पाउनेछ ।
पुरुष एकल ५५ वर्षमाथिको विजेताले २० हजार र दोस्रो टोलीले १० हजार रुपैयाँ पाउनेछन् । पुरुष डबल्स ५५ वर्षमाथिको विजेताले १५ हजार र दोस्रोले १० हजार रुपैयाँ पाउनेछन् ।
जिल्ला संघका सचिव गोपाल ज्ञवालीले बुटवलमा लन टेनिस आयोजा हुँदा मोफसलभर सकारात्मक सन्देश जाने बताए । संघका सल्लाहकार अर्जुनमान सैजु, देवसिद्ध टोल समितिका अध्यक्ष पूर्णानन्द गिरीले प्रतियोगिता सफल पार्न सबै क्षेत्रबाट सहयोग हुनुपर्नेमा जोड दिए ।
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]