7 years ago
March 16, 2019
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लबका पुनम रावल, बिमला श्रेष्ठसहित चार खेलाडी एएसबिसी इलाईट महिला तथा पुरुष बक्सिङ प्रतियोगिताको लागि छनोट हुन सफल भएको छ ।

छनोट हुनेमा बिमला र पुनमसहित पुरुषमा आशिष दवाडी र सुशिल थापा रहेका छन् । शनिवार भएको महिलातर्फको ५१ केजी तौल समूहमा आर्मीकी बिमला श्रेष्ठले एपीएफकी माला राईलाई ४–१ ले अंकका आधारमा पराजित गरिन् ।
महिला ६० केजी तौल समूहमा आर्मीकी पुनम रावलले एपीएफकी संगिता सुनारलाई ४–१ ले अंकका आधारमा हराउदै छनोट भईन् ।
राष्ट्रिय खेलकुद परिषद्को सेमि कभर्डहमा भएको ९१ केजीमाथी को तौल समूहमा आर्मीकै आशिष दवाडीले गण्डकी प्रदेशका कुशल रानालाई ३५ सेकेन्डमै नकआउट पन्च हान्दै छनोट भए ।
शुक्रवार ४९ केजी तौल समूहको छनोट खेलमा आर्मीका सुशिल थापाले प्रदेश ३ का मदन डंगोललाई ५–० ले अंकका आधारमा हराउदै छनोट भएका थिए ।
थाईल्याण्ड बक्सिङ संघको आयोजनामा अप्रिल १६ देखि २६ सम्म बैंककमा संचालन हुने प्रतियोगिताका लागि छनोटमा परेका खेलाडीलाई नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेले बधाई तथा सफलताको शुभकामना दिए ।
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लबले दोस्रो जित निकालेको छ । आज भएको पहिलो प्रतिस्पर्धात्मक खेलमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-१ सेटले पराजित गरेको हो । एपिएफ २५-१५,२२-२५,२५-१८,२५-१८ विजयी भएको हो । आर्मीले २२–२५ को सेट आफ्नो पक्षमा पारेको थियो । खेलको प्लेयर अफ द म्याच […]