default_image

5 years ago

March 30, 2019

आठौं राष्ट्रिय खेलकुदका खेल साँझ र बिहान हुने

73 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– अर्को महिना प्रदेश ५ मा हुने भनिएको आठौं राष्ट्रिय खेलकुदका अधिकांश खेल बिहान वा साझ हुने भएका छन् । आठौं राष्ट्रिय खेलकुद वैशाख ५ देखि ११ गते सम्म आयोजना गर्ने राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्ड बैठकले शुक्रबार निर्णय गरेको थियो ।

भौतिक पूर्वाधार समयमा सम्पन्न हुन नसक्नु र अब विस्तारै त्यस क्षेत्रमा हुने गर्मीका कारण राष्ट्रिय खेलकुद हुनेमा शंका थियो । तर, राखेपले साँझ विहान गरेर भएपनि राष्ट्रिय खेलकुद आयोजना गरि छाड्ने निर्णय लिएको छ । राखेप सदस्य सचिव केशबकुमार विष्टले भने मौसमलाई ध्इानमा राख्दै खेलहरु साझ विहानमात्र हुनेछन् ।

उनले खेलका समयमा २५ डिग्री भन्दा कम तामक्रम रहने दाबी समेत गरेका छन् । विष्टले आठौंका लागि भौतिक संरचनामा ९० करोड रुपैयाँ खर्च हुने र जसमध्ये ७५ करोड रुपैयाँ खर्च भइसकेको बताएका छन् ।

राखेपले शनिबार पत्रकार सम्मेलनमार्फत ३५ खेलमा ५ हजार बढी खेलाडीको सहभागिता रहने जानकारी गराएको छ । राष्ट्रिय खेलकुदमा २ हजार ८ सय २५ पुरुष र २ हजार ३ सय ८६ महिला खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । जहाँ ६ सय ४० प्रशिक्षक र ४ सय ६१ व्यवस्थापक रहनेछन् ।

९ सय २२ राष्ट्रिय तथा अन्तराष्ट्रिय निर्णायक र ४ सय ७१ स्थानिय निर्णायकले प्रतियोगिता सञ्चालन गर्नेछन् । आठौं राष्ट्रिय खेलकुदमा ३ सय ७२ स्वर्ण, ३ सय ७२ रजत र ५ सय ६३ कास्यका लागि प्रतिस्पर्धा हुनेछ । राष्ट्रिय खेलकुदमा राष्ट्रिय कीर्तिमान बनाउनेले २५ हजार रुपैयाँ पाउनेछन् । व्यक्तिगत विधामा स्वर्ण विजेताले १५ हजार र सामुहिकतर्फको विजेताले ७ हजार रुपैयाँ पाउने छन् ।

वैशाख ५ गते औचारिक उद्घाटन भएपनि विभिन्न खेल भने चैत २७ गतेबाट सुरु हुने बताइएको छ । प्रतियोगिताको उद्घाटन वैशाख ५ गते र समापन ११ गते नेपालगन्ज रंगशालामा हुनेछ । त्यहि रंगशालामा भिआईपी प्याराफिट निर्माण समयमा नसकिएका कारण पनि राष्ट्रिय खेलकुद समयमा आयोजना हुन नसकेको बताइएको छ ।

राखेप सदस्य सचिव विष्टले सबै पूर्वाधार समयमा सकिने र त्यहि पूर्वाधार राष्ट्रिय खेलकुद आयोजना गरिने बताएका छन् । प्रदेश पाँचका विभिन्न जिल्लामा आयोजना हुने प्रतियोगिता बैशाख ५ देखि ११ गतेसम्म चल्नेछ । तर, प्रतियोगिताका खेलहरु भने चैत २७ गतेबाट सुरु हुनेछ । प्रतियोगिताको उद्घाटन र समापन नेपालगंज रंगशालामा हुनेछ ।

देश संघिय संरचनामा गएयता पहिलो पटक हुन लागेको राष्ट्रिय खेलकुदमा ७ प्रदेश टोली, तीन विभागिय टोली (त्रिभुवन आर्मी, एपिएफ क्लब, नेपाल पुलिस क्लब ) र एनआरएनए टोलीका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । पहिलो पटक सहभागी हुने एनआरएनए टोलीबाट २४ खेलाडीले ९ खेलमा भाग लिने राखेप सदस्य सचिव विष्टले जानकारी दिए ।

आठौंमा समावेश गरिएका ३५ खेलमा फुटबल, क्रिकेट, भलिबल, बक्सिङ, तेक्वान्दो, टेबल टेनिस, उसु, जुडो, ह्याडबल, कराते, हकी, सुटिङ, जिम्न्याष्टिक, साईकिलिङ छन् । त्यस्तै आर्चरी, फेन्सिङ, पौडी, ट्रायथलन, एथ्लेटिक्स, फुल कन्ट्याक्ट कराँते, ब्याटमिन्टन, बास्केटबल, आईटीएफ तेक्वान्दो छन् । त्यस्तै शारीरिक सुगठन, सफ्ट टेनिस, लन टेनिस, तेक्वान्दो, कबड्डी, बुद्विचाल, खोखो, सेपाकताक्रो, स्क्वास, प्याराग्याईडिङ, कुस्ती र गल्फमा खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

२०७३ मा पूर्वाञ्चलमा सातौं समापनका दौरान तत्कालिन मध्यपश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिले आठौं आयोजकका रुपमा झन्डा हस्तान्तरण गरिएको थियो । हरेक दुई वर्षमा आयोजना गर्ने लक्ष्यका साथ २०३८ सालमा राष्ट्रिय खेलकुदको सुरुवात भएको थियो ।

तीन संस्करण २ वर्षको अन्तरमा भएपनि त्यसपछि भने समयमा हुन सकेन । पहिलो ०३८, दोस्रो ०४० , तेस्रो ०४२ मा आयोजना भएको थियो । चौथो २०५४ सालमा आयोजना भयो भने पाँचौं २०६५ सालमा, छैटौं २०६८ र सातौं २०७३ मा आयोजना भएको थियो ।

May 8, 2024

अन्तर्राष्ट्रिय गल्फ दिवस– सचदेवलाई लाइफटाइम एचिभमेन्ट अवार्ड

काठमाडौं (हाम्रो खेलकुद) – बाह्रखरी मिडियाले नेपालमै पहिलो पटक अन्तर्राष्ट्रिय गल्फ दिवस मनाएको छ । नेपाल गल्फ संघको सहकार्यमा बुधबार पहिलोपटक अन्तर्राष्ट्रिय गल्फ दिवस मनाएको हो । काठमाडौंमा भएको कार्यक्रममा नेपालको गल्फलाई अन्तर्राष्ट्रिस्तरमा चिनाउने सफल व्यवसायी तथा गल्फर प्रेमसरुप सचदेवलाई लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मानित गरिएको छ । युवा तथा खेलकुद मन्त्री बिराजभक्त श्रेष्ठ, गल्फ संघका […]

May 8, 2024

मुख्य प्रशिक्षक कपालीलाई दोहोरो जिम्मेवारी

काठमाडौं (हाम्रो खेलकुद)– टेबलटेनिस मुख्य प्रशिक्षक राजेन्द्र कपालीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले दुई फरक अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगितामा सहभागी हुने खेलाडीको छनोट प्रतियोगिता सञ्चालन गर्न जिम्मेवारी दिएको छ । सदस्य–सचिवस्तरीय निर्णयानुसार दुवै प्रतियोगिताका लागि कपालीको संयोजकत्वमा ३ सदस्यीय खेलाडी छनोट समिति गठन गरिएको राखेपले जनाएको छ । समितिका सदस्यमा नायब वरिष्ठ टेबलटेनिस प्रशिक्षकद्वय मोहनदास बासुकला […]

May 8, 2024

हेटौंडालाई बागमती अन्तरपालिका भलिबल उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – हेटौडा उप महागनरपालिकाले पहिलो बागमती अन्तरपालिका स्तरिय राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि जितेको छ । प्रकाश दाहालको स्मृतिमा प्रज्ञा स्मृतिको आयोजना भएका प्रतियोगिताको बुधबार भएको फाइनल थाहा नगरपालिकाविरुद्ध उत्कृष्ट पुनरागमन गर्दै हेटौडाले उपाधि जितेको हो । सुरुवाती दुई सेट गुमाएको हेटौडाले २१–२५, १७–२५, २५–१६, २५–१५ र १५–४ ले जितेको थियो । प्रतियोगितामा […]

Success

Thank you for your time.