default_image

7 years ago

April 10, 2019

स्क्वास : विक्रम र अमिर तेस्रो चरणमा

192 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपीएफ क्लबका विक्रम मगर र प्रदेश नम्वर ३ का अमिर ब्लोन आठौं राष्ट्रिय खेलकद अन्तरगतको पुरुष स्क्वास प्रतियोगिताको तेस्रो चरणमा प्रवेश गरेका छन् ।

बुधबार भएको पहिलो खेलमा विक्रमले पहिलो चरणमा प्रदेश १ का नैन बहादुर मगरलाई र दोस्रो चरणमा प्रदेश ३ का विनोदरत्न शाक्यलाई पराजित गर्दै तेस्रो चरणमा स्थान बनाउन सफल भएका हुन् । बिक्रमले नैनमाथि ३–२ को सेटमा जित निकाले ।

पहिलो सेट ११–५ ले सहजै जितेको बिक्रमले दोस्रो सेट १७–१९ ले गुमाएको थिए । तेस्रो सेट ११–८ ले जितेका विक्रमले चौथो सेट ८–११ ले गुमाएपनि पाँचौ सेट ११–६ ले आफ्नो पक्षमा पार्न सफल भए । अर्काे खेलमा विक्रमले विनोद रत्न शाक्यलाई ३–० को सोझो सेटमा हराए ।

यस्तै पहिलो चरणमा वाकओभर पाएका अमिरले दोस्रो चरणमा विजय मगरलाई ३–१ को सेटमा हराए । पहिलो चरणमा प्रदेश ५ का गोपाल थापा, गण्डकी प्रदेशका कासीराम भण्डारी, प्रदेश १ का निशान्त अग्रवाल, एपीएफका विजय मगर, एपीएफकै मित्रलाल गुभार, प्रदेश १ का आश्विन तोडी र नेपाल पुलिसका आकाश सुनुवारल सफलता हात पारे ।

दोस्रो चरणमा प्रदेश ३ का राजेन्द्र शाक्य, एपीएफका उमित शाक्य, गण्डकी प्रदेशका अमृत थापामगर र प्रदेश ३ का प्रविन कंसकारले सफलता हात पारे ।

स्क्वासमा प्रदेश १, २, ३, ५, गण्डकी प्रदेश, नेपाल प्रहरी र एपीएफ क्लबबाट २४ पुरुष र ५ महिला गरी २९ खेलाडीको सहभागिता रहने छ । पुरुष तथा महिला सिंगल्स तथा पुरुष टिम इभेन्ट गरी ३ स्पर्धामा प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता बैशाख २ गते सम्पन्न हुनेछ । प्रतियोगिताको सुचना तथा सञ्चार मन्त्री गोकुल प्रसाद बास्कोटाले सातदोबाटोमा रहेको स्क्वास कोर्टमा प्रतियोगिताको उद्घाटन गरे ।

December 6, 2025

भलिबल प्रशिक्षक राई झापामा १ लाखसहित सम्मानित

हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]

December 6, 2025

एपिएफ अर्जुनधारा महिला भलिबलको फाइनलमा

हिमाल खरेल, बिर्तामोड‌ नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]

December 6, 2025

अर्जुनधारा महिला भलिबलः पुलिस फाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]

Success

Thank you for your time.