default_image

7 years ago

April 13, 2019

ट्रायथलन : आर्मी र एपीएफको बर्चस्व

191 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आठौं राष्ट्रिय खेलकुदअन्तर्गत पोखरामा सम्पन्न ट्राइयाथलनमा विभागिय क्लब नेपाल आर्मीको त्रिभुबन क्लब र सशस्त्र प्रहरीको एपिएफले सबै इभेन्टतर्फ पदक जितेर वर्चस्व कायम गरेका छन ।

ट्रायथलनअन्तर्गत स्प्रिन्टमा ७५० मिटर पौडी, साइक्लिङ २० किलोमिटर र ५ किलोमिटरको दौडमा पुरुष तर्फ त्रिभुवन आर्मी क्लबका दिपेश चौधरीले १ घन्टा ८ मिनेट ८८ सेकेण्डमा दुरी पार गर्दै स्वर्ण पदक हात पारेका छन । यसैगरि उक्त स्पर्धामा आर्मीका वसन्त थारुले १ घन्टा ९ मिनेट ९ सेकेण्डमा दुरी पार गर्दै रजत पदक तथा एपीएफका नितेश मानन्धरले १ घन्टा १५ मिनेट ९ सेकेण्डमा दुरी पार गर्दै काश्य पदक हात पारे ।

यसैगरि ट्रायथलनको महिलातर्फ एपीएफकी सोनी गुरुङले १ घन्टा २२ मिनेटमा दुरी पार गर्दै स्वर्ण पदक हात पारेकी छन । सोही स्पर्धामा आर्मीकी केशरी थापा मगरले १ घन्टा २९ मिनेट ३० सेकेण्डमा दुरी पार गर्दै रजत पदक तथा गण्डकी प्रदेशकी जमुना थापाले २ घन्टा ३० सेकेण्डमा दुरी पार गर्दै कांस्य पदक हात पार्न सफल भइन् ।

डुआथोलन स्प्रिन्टमा पुरुषतर्फ एपीएफ क्लबका लक्ष्मण मल्लले १ घन्टा १ मिनेट १५ सेकेण्डमा दुरी पार गर्दै स्वर्ण पदक हात पारेका छन । सोही प्रतियोगितामा नेपाल आर्मीका हिमाल टमाटाले उक्त दुरी १ घन्टा १ मिनेट ५८ सेकेण्डमा पार गर्दै रजत र एपिएफका किरण कुमार मल्लले १ घन्टा ४ मिनेट १६ सेकेण्डमा दुरी पार गर्दै काश्य पदक जितेका छन । उक्त स्प्रिन्टमा ५ कि.मि. दौड, २० किलोमिटर साइक्लिङ र पुनः २.५ किलोमिटरको दौड हुने गर्छ ।
यसै गरि दुआथलन महिला स्प्रिन्टमा एपिएफकी हुमी बुढामगरले १ घन्टा १६ मिनेट १७ सेकेण्डमा दुरी पार गर्दै स्वर्ण पदक हात पारेकी छन ।

यसै गरि नेपाल आर्मीकी निर्जला ताम्राकारले १ घन्टा १७ मिनेट ४७ सेकेण्डमा दुरी पार गर्दै रजत र एपिएफकी शकुन्तला बुढामगरले १ घन्टा २९ मिनेट ४६ सेकेण्डमा दुरी पारगर्दै काश्य पदक हात पारिन ।

डुआथलन महिला तर्फ स्वर्ण र काश्य पदक जित्ने हुमी र शकुन्तला दिदी बहिनी हुन । उनीहरु दुबै जना अल्ट्रा धाविकाको रुपमा आफूलाई स्थापित गरिसकेका छन । कक्षा १२ मा अध्ययनरत हुमी सन २०१८ हङकङमा सम्पन्न अल्ट्रा रेसकी बिजेता समेत हुन भने उनी अब दुई महिना पछि हुने ५० किलोमिटर अल्ट्रा रेसमा सहभागिताका लागि जापान जाने तयारी समेत गर्दैछिन ।

यसअघि प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेश मुख्यमन्त्रि पृथ्बी शुब्बा गुरुङले यस प्रकारका प्रतियोगिताहरुले खेलकुद मार्फत पर्यटन प्रवद्र्धन गर्न सहयोग पुग्ने बताए । बिजेता खेलाडीलाई गण्डकी प्रदेश सांसद, अर्थ तथा बिकास समितीका अध्यक्ष दिपक कोइराला, नेपाल ट्राईयाथलन संघका अध्यक्ष निलेन्द्र राज श्रेष्ठ, कास्की जिल्ला ट्राइयाथलन संघका अध्यक्ष सुमन देबकोटा लगाएतले बिजेता खेलाडीलाई मेडल प्रमाणपत्र तथा मायाको चिनो प्रदान गरेका थिए ।

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

December 5, 2025

आर्मी अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]

December 4, 2025

अर्जुनधारा महिला भलिबलमा पुलिसको जित

हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]

Success

Thank you for your time.