default_image

7 years ago

April 15, 2019

गल्फको पहिलो दिन टंक अगाडि

208 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आठौं राष्ट्रिय खेलकुद अन्तर्गत राष्ट्रिय गल्फ प्रतियोगिता गोकर्ण गल्फ क्लबमा आजदेखि सुरू भएको छ । टंकबहादुर कार्की ३ स्ट्रोकको अग्रता सहित शीर्षस्थानमा हरेका छन् ।

उनले ५ अन्डर ६७ स्कोर गर्दै अर्का दाबेदार शुक्र बहादुर राईलाई ३ स्ट्रोकलेपछि पारे । टंकले फ्रन्ट नाइन ३ अन्डर ३३ र ब्याक नाइन २ अन्डर ३४ को स्कोर गरे । शुक्र २ अन्डर ७० को नतिजामा दोस्रो स्थानमा छन् । युवा खेलाडी सुबाष तामाङ र अजित बिके १ ओभर ७३ अंककासाथ संयुक्तरुपमा तेस्रो स्थानमा रहे ।

महिलातर्फ १६ ओभर ८८ अंकका साथ प्रतिभा राई शीर्षस्थान रहेकी छिन् । उनले कशमिरा शाहलाई ५ स्ट्रोकले पछि पारिन । टिम ईभेन्टसमा प्रदेश एक १ सय ४४ अंक सहित पहिलो स्थानमा छ । त्रिभुवन आर्मी क्लब १ सय ५० स्कोरका साथ दोस्रोमा छ । तीन दिनदम्म चल्ने प्रतियोगितामा ३४ पुरूष र ६ महिलाले प्रतिस्पर्धा गरिहेका छन् ।

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

December 5, 2025

आर्मी अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]

December 4, 2025

अर्जुनधारा महिला भलिबलमा पुलिसको जित

हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]

Success

Thank you for your time.