7 years ago
April 26, 2019
काठमाडौं (हाम्रो खेलकुद) – पाँचौं केएनपी राष्ट्रिय महिला भलिबललाई एनआईसी एशिया बैंकले बैकिङ पार्टनरको रुपमा साथ दिने भएको छ ।

शुक्रवार टेक्निकल मिटिङका अवसरमा प्रतिष्ठानकी उपाध्यक्ष सीता खड्का र एनआईसी एशिया बैंकका सुचना अधिकारी रवि केसीबीच सम्झौता पत्र आदन प्रदान भएको छ ।
शनिवारदेखि संचालन हुने प्रतियोगिता लिगकम नकाउटका आधारमा खेलाईने छ । साविक बिजेता एपीएफ, आर्मी र जाउलाखेल भलिबल प्रशिक्षण केन्द्र समूह ‘ए’ मा छन् । समूह ‘बी’ मा नेपाल पुलिस, होङगान्जी न्यु डायमण्ड र पश्चिमाञ्चल रहेका छन्
लगनखेलस्थित आर्मीको कभर्डहलमा संचालन हुने प्रतियोगिताको बिजेताले २ लाख, उपबिजेताले १ लाख, तृतिय हुने टिमले ५० हजार नगद प्राप्त गर्ने छन् । प्रतियोगिताको सर्वोेकृष्ट खेलाडी र शेरवहादुर खड्का स्पेशल अवार्ड बिजेताले जनही १५/१५ हजार प्राप्त गर्नेछन् ।
बिधागततर्फ वेष्ट स्पाईकर, वेष्ट सेटर, बेष्ट ब्लक, बेष्ट डिफेन्स, बेष्ट क्विकर, बेष्ट सर्भर र बेष्ट कोचले जनहि ५ हजार नगद प्राप्त गर्नेछन् । प्रतियोगिताको प्रत्येक खेलको वुमन अफ द म्याचलाई नगद ५ हजार सहित आर्कषक ट्रफिले पुरस्कृत गर्ने भएका छ ।
खेलाडीलाई प्रोत्सहन स्वरुप प्रतियोगिताको सर्वोकृष्ट खेलाडी र शेरवहादुर खड्का स्मृति स्पेशल अवार्ड बिजेतालाई सुलक्स सेन्टरबाट ३०/३० हजार बराबरको टिसट घडी उपलब्ध गराउने छ ।
साथै दरवार मार्ग स्थित द रिगल ईकले प्रथम हुने टिमका सम्पूर्ण सदस्यलाई करिब ५ लाख बराबरको १५ थान सुट पिस प्रायोजन गरेको छ ।
त्यस्तै प्रतियोगिताको उदयमान खेलाडी तथा शेरवहादुर खड्का स्पेशल अवार्ड बिजेता खेलाडीद्धयले बुद्ध एयरबाट सौजन्य गरिएको माउण्टेन फ्लाईट टिकट प्राप्त गर्ने छन् । चार दिने प्रतियोगिताको अनुमानित बजेट २१ लाख रहेको छ ।
December 6, 2025
हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]
December 6, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]