7 years ago
May 1, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय भलिबल टोली तथा विभागीय नेपाल एपीएफ क्लबमा महत्वपुर्ण सदस्य सरस्वती चौधरी एक भलिबल प्रतियोगिताको लागि हङकङ पुगेकी छन् ।

आफ्नो टोली एपीएफलाई लगातार पाँचौपटक केएनपी जापान राष्ट्रिय महिला भलिबलमा च्याम्पियन बनाएलगत्तै सरस्वती हङकङ प्रस्थान गरेकी हुन् । मंगलबार राति हङकङ प्रस्थान गरेकी सरस्वती आज बिहान हङकङ पुगेकी हुन् ।
टुइन मुन हङकङमा आज १ मे देखि १२औं स्याङ्जा कप भलिबल प्रतियोगिता हुन गइरहेको छ । प्रतियोगिताको महिला तथा पुरुषमा ६ टोलीको सहभागिता छ ।
पोल ‘ए’ मा घान्द्रुक समाज, पर्वत क्लब र नेप्लिज क्लब रहेका छन् । पोल ’ मा घान्द्रुक समाज, पर्वत क्लब र नेप्लिज क्लब रहेका छन् । पोल ‘बी’ मा पुन क्लब, लिम्बुवान र आँधीखोल स्पोर्टस् क्लब रहेका छन् ।
यसै प्रतियोगिताका लागि पश्चिमाञ्चल तथा गण्डकी प्रदेशकी कप्तान तथा नेपाली राष्ट्रिय टोलीका उपकप्तान मन्जु गुरुङ हङकङमै रहेका छन् ।
उनीहरुले दुई साताअघि हङकङमा पर्वत क्लब हङकङले आयोजना गरेको पाँर्चा महिला तथा छैर्टा पुरुष खुल्ला भलिबल प्रतियोगितामा खेलेका थिए ।
December 6, 2025
हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]
December 6, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]