7 years ago
May 3, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघले वर्ष २०७६ को लागि आफ्नो बार्षिक कार्यक्रम सार्वजजिक गरेको छ ।

संघले शुक्रबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै २२ कार्यक्रमसहित वार्षिक क्यालेन्डर सार्वजनिक गरेको हो ।
यसपटक संघले यो वर्ष २२ कार्ययोजना ल्याएको छ । संघको कार्यक्रम जेठ १३ गतेबाट शुरु हुनेछ । संघको पहिलो कार्यक्रम एफआइभीबी लेभल वान कोचेस कोर्स हुनेछ ।
वर्षभरिको यो कार्यक्रमका लागि ७ करोड ५० लाख खर्च हुने संघले अनुमान गरेको छ ।
यि हुन भलिबल संघका वार्षिक कार्यक्रम
१. एफआइभीबी लेभल वान कोचेस कोर्स – काठमाडौं
२. राष्ट्रिय टिम प्रशिक्षण (पुरुष) – काठमाडौं
३. भलिबल डे (जेठ ८) सातै प्रदेश
४. छैटौ महिला तथा सातौ पुरुष बिच भलिबल –पोखरा
५. ओलम्पिक डे (असार)
६. राष्ट्रिय बिच भलिबल रेफ्री कोर्स
७. राष्ट्रिय रेफ्री क्षेत्रीय रिफेरिङ कोर्स
८. एसियन रेफ्री क्यान्डिडेट कोर्स
९. एभीसी एसियन सिनियर सेन्ट्रल जोन पुरुष भलिबल च्याम्पियनसिप (साउन ३२–भदौ ८)
१०. राष्ट्रिय टिम प्रशिक्षणन (महिला)
११. पाँचौ एनभिए/एनएसटी पुरुष राष्ट्रिय क्लब च्याम्पियनसिप
१२. पाँचौ एनभिए/एनएसटी महिला राष्ट्रिय क्लब च्याम्पियनसिप
१३. यु–१७ राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता
१४. एसियन सेन्ट्रल जोन महिला/पुरुष बिच भलिबल
१५. १३औं दक्षिण एसियाली महिला÷पुरुष भलिबल च्याम्पियनसिप
१६. २४औं राष्ट्रिय महिला भलिबल प्रतियोगिता
१७. तेस्रो एनभिए अवार्ड
१८. ३३औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता
१९. अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेल पुरुष÷महिला
२०. पाँचौ आरबीबी–एनभिए राष्ट्रिय पुरुष क्लब लिग भलिबल प्रतियोगिता
२१. पाँचौ आरबीबी–एनभिए राष्ट्रिय महिला क्लब लिग भलिबल प्रतियोगिता
२२. प्रथम एसियन सेन्ट्रल जोन सिनियर भलिबल च्याम्पियनसिप
December 6, 2025
हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]
December 6, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]