7 years ago
May 12, 2019
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल भलिबल संघको आयोजनामा छैटौं महिला तथा सातौं पुरुष राष्ट्रिय बीच भलिबल प्रतियोगिता जेठ अन्तिम साता पोखरामा हुने भएको छ । प्रतियोगिता जेठ २३ देखि २५ गते सम्म हुने बताइएको छ ।

कास्की जिल्ला भलिबल संघको व्यवस्थापनमा हुने प्रतियोगितामा ७ प्रदेश र ३ विभाग (त्रिभुवन आर्मी, नेपाल पुलिस र नेपाल एपिएफ क्लब) का महिला र पुरुषमा समान २/२ टोली गरि ४० टोलीले प्रतिस्पर्धा गर्ने संघका महासचिव जितेन्द्र बहादुर चन्दले पत्रकार सम्मेलनमा जानकारी दिए ।
दुवैतर्फका विजेताले समान ३० हजार, दोस्रो टोलीले २० र तेस्रो हुने टोलीले १० हजार रुपैया प्राप्त गर्नेछन् । मंसिरमा नेपाल आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा समावेश हुने बीच भलिबलको तयारीका लागि संघले यो प्रतियोगिता गर्न लागेको जनाएको छ ।
तीन दिने प्रतियोगितालाई संघले बीच भलिबल खेलाडी छनोटका रुपमा समेत लिएको छ । यसबाट खेलाडी छनोट गरि बन्द प्रशिक्षणमा राखिने बताइएको छ ।
December 6, 2025
हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]
December 6, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]