7 years ago
May 13, 2019
काठमाडाैं (हाम्राे खेलकुद) – आठौं राष्ट्रिय खेलकुद अन्तरगत कराते विधामा स्वर्णपदक विजेता मन्डेकाजी श्रेष्ठ साेमबार नगदसहित सम्मानित भएका छन् ।

कर्मा कन्ष्ट्रक्सनले आठौं अन्तरगत पुरुष एकल काताका स्वर्णधारी मन्डेकाजी श्रेष्ठलाई नगदसहित सम्मानित गरेका हुन् । मन्डेलाई कर्मा कन्ष्ट्रक्सनका एम डी रवि महर्जन र म्यानेजर युनास डंगाेलले साेमबार नगदसहित सम्मान गरेका हुन् ।
मन्डे करातेकाे तीन विधामा स्वर्ण जित्ने खेलाडी हुन् । उनले पाँचाैमा सागका स्वर्णधारी सुनिल लामालाई ५० केजी ताैल समुहमा पराजित गर्दै स्वर्ण जितेका थिए । छैटाैमा टिम कातामा स्वर्ण जितेका मन्डे साताैमा पदक विहीन बन्न पुगेका थिए । तर, आठौंमा उनले पुरुष एकल कातामा परशुराम बास्ताेलालाई पराजित गर्दै स्वर्ण जितेका थिए ।
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]