7 years ago
May 19, 2019
काठमाडौं (हाम्रो खेलकुद) –दोस्रो संस्करणको चन्द्रागिरी उप मेयर कप विद्यालय स्तरीय खुल्ला छात्रा भलिबल प्रतियोगिता हुने भएको छ ।

मदन भण्डारी स्पोर्टस् एकेडेमी चन्द्रागिरी नगर कमिटिको आयोजनामा दोस्रो चन्द्रागिरी उपमेयर कप विद्यालय स्तरीय खुल्ला छात्रा भलिबल प्रतियोगिता जेठ ८ गतेदेखि ११ गतेसम्म हुन लागेको प्रतियोगिता संयोजक कुमार राईले जानकारी गराए ।
यस मदन मण्डारी स्पोर्टस् एकेडेमीले गतवर्षदेखि नेपालको राष्ट्रिय खेल भलिबल भएको दिनलाई ‘भलिबल डे’ को रुपमा मनाउदै अन्तर विद्यालय स्तरीय खुल्ला छात्रा भलिबल प्रतियोगितालाई यस वर्षपनि निरन्तरता दिन लागेको आयोजकले जानकारी गराएको छ ।

दुई वर्षअघि तत्कालिन माओवादी केन्द्रका अध्यक्ष श्री पुष्पकमल दाहाल (प्रचण्ड) प्रधानमन्त्री रहँदा र माओवादी केन्द्रकै दलजित विके श्रीपाइली युवा तथा खेलकुद मन्त्री भएको कार्यकालमा नेपाल सरकारले जेष्ठ ८ गते भलिबललाई नेपालको राष्ट्रिय खेल घोषणा गरेको थियो ।

सोही दिनलाई सम्झन गर्दै भलिबल दिवस मनाउने उद्देश्यले दोस्रो संस्करणको प्रतियोगिता यही जेठ ८ गतेबाट ११ गतेसम्म हुने छ । प्रतियोगिताको मुख्य उद्देश्य विद्यालय तहमा लुकेर रहेको प्रतिभाको खोजी गर्ने रहेको छ ।
प्रतियोगितामा १० वटा विद्यालयको सहभागिता रहनेछ । लिग कम नकआउटको आधारमा हुने प्रतियोगिता लिग र क्वाटरफाइनलका खेलहरु वेष्ट अफ थ्री का आधारमा खेलाइनेछ । सेमिफाइनल र फाइनल वेष्ट अफ फाइभको आधारमा हुने छ । नेपाल भलिबल संघको तत्वावधानमा हुने प्रतियोगिता चन्द्रागिरी नगरपालिकास्थित न्यु डायमण्ड एकेडेमीको खेल मैदानमा हुने छ ।

प्रतियोगिताको विजेताले ६० हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै दोस्रो र तेस्रो हुनेले क्रमश ३० हजार, १५ हजारनगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । चौथो हुनेले १० हजार रुपैया प्राप्त गर्नेछन् । सर्वाेत्कृष्ट खेलाडी १ हजार ५ सय र व्यक्तिगत विधातर्फ (स्पाइकर, ब्लकर, सर्भर, डिफेन्डर, सेटर) लाई १ हजार रुपैया र ट्रफीको व्यवस्था गरिएको छ । यस प्रतियोगिताको अनुमानित लागत २ लाख ५५ हजार रहेको छ ।
प्रतियोगिताको अवसरमा नै ‘भलिबल दिवस सेलिब्रेसन’ गर्ने क्रममा कुनै एक विभागीय टोली र न्यु डायमण्ड एकेडेमीबीच सेलिब्रेसन खेल हुने आयोजकले जनाएको छ ।
December 6, 2025
हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]
December 6, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]