default_image

7 years ago

May 22, 2019

इन्डियन ओपन अन्तर्राष्ट्रिय बक्सिङमा भुपेन्द्रको हार

242 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)-दोस्रो संस्करणको इन्डियन ओपन अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगिताअन्तर्गत तेस्रो दिनको खेलमा नेपालका भुपेन्द्र थापाले उत्कृष्ट प्रदर्शन गरेपनि पराजित भएका छन् ।

बुधबार भारतको गुवाहाटीस्थित नविनचन्द्र बोर्डलाई इन्डोर स्टेडियममा भएको ६४ केजी तौल समूहको खेलमा उत्कृष्ट प्रदर्शन गरेपनि भुपेन्द्र इन्डिया ‘डी’का अंकुश डहियासँग ३–२ अंकले पराजित भएका हुन् ।

उनले गरेको प्रदर्शन प्रतियोगितामा सहभागि सबै नेपाली खेलाडी मध्ये हालसम्मको उत्कृष्ट प्रदर्शन हो । आज नै भएको ५२ केजीतौल समुहमा तेज बहादुर देउवा इन्डिया ‘डी’का पीएल प्रसादसँग युनिनमस नतिजाका आधारमा ५–० अंकले पराजित भएका हुन् ।

अर्काे खेलमा प्रकाशलिम्बु इन्डिया ‘सी’ अंकितसँग युनिनमस नतिजाको आधारमा ५–० अंकले पराजित भए । विकेश लामा इन्डियाका दिनेश दागरसँग ५–० अंकले पराजित भएका हुन् । बक्सिङ फेरेडेसनले आयोजना गरेको प्रतियोगितामानेपालबाट भाग लिएका ११ जना खेलाडीमध्ये १० जाना खेलाडी बाहिरिएका छन् ।

महिलातर्फ सहभागि खेलाडी भने मंगलबार नै बाहिरिसकेका थिए । महिलातर्फ पुनम रावलले उत्कृष्ट प्रदर्शन गरपनि जित निकाल्न सकिनन् ।

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

December 5, 2025

आर्मी अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]

December 4, 2025

अर्जुनधारा महिला भलिबलमा पुलिसको जित

हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]

Success

Thank you for your time.