default_image

6 years ago

June 29, 2019

ललितपुर बक्सिङमा सिंहको नेतृत्व

178 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ललिपुर बक्सिङ संघका तेश्रो साधारण सभाले महेश सिंहको नेतृत्वमा ८ सदस्यीय कार्यसमितिको निर्विरोध चयन गरेको छ । विशेष साधारणसभाले उपाध्यक्षमा आठौं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता रामचन्द्र थापामगरलाई निर्विरोध निर्वाचित गर्यो ।

जिल्ला संघको सचिवमा श्यामकाजी अवाले,कोषाध्यक्षमा सुरेन्द्र न्याछ्यो चयन भए । सदस्यमा पुष्पा बस्नेत,पुस्करराज पन्त,बासुदेब दाहाल चुनिए ।

ललिपुर जिल्ला खेलकुद बिकास समितिको स्विकृति र नेपाल बक्सिङ संघको रोहवरमा भएको निर्वाचनबाट निर्वाचित पदाधिकारीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य अर्जुन केसी,नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले,पूर्व अध्यक्ष ओलम्पियन रविराज थापा,बक्सिङका भिष्म पितामहका रुपमा परिचित सुरेशसिंह आलेलगायतले प्रमाण पत्र वितरण गरे ।

अध्यक्ष सिंहले कार्य समितिको पहिलो पटकले असोज १ देखि ५ गते सम्म पाँचौं राष्ट्रव्यापी खुला महिला तथा पुरुष बक्सिङ प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको जानकारी दिए । त्यस्तै आठौं सागका स्वर्ण पदक विजेता बक्सिङका मुख्य प्रशिक्षक प्रकाश थापामगरलाई संघको उपाध्यक्षमा मनोनित गरेको जनाए ।

२०४२ सालमा बक्सिङ खेल्न सुरु गरेका अध्यक्ष सिंहले २०४५ सालमा जन्मोत्सव कप खुला बक्सिङ प्रतियोगितामा ५४ केजी तौल समूहमा स्वर्ण पदक जितेका थिए । उनले २०४४ सालमा भएको जुनियर बक्सिङ प्रतियोगितामा पनि स्वर्ण जितेका थिए ।

सभारण सभाको उद्घाटनका अवसरमा राखेप सदस्य केसी, नेपाल बक्सिङ संघका अध्यक्ष अवाले,पूर्व अध्यक्ष थापा,ललिपुर जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष होराकाजी श्रेष्ठलगायतले शुभकामना मन्तव्य राखे ।

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

December 5, 2025

आर्मी अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]

December 4, 2025

अर्जुनधारा महिला भलिबलमा पुलिसको जित

हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]

Success

Thank you for your time.