6 years ago
July 28, 2019
दिपक न्यौपाने
बुटवल – खेलकुदको माध्यमले धेरैको जीवनमा परिवर्तन ल्याएको उदाहरण हाम्रै समाजमा छन् । कुनै बेला लागुपदार्थ सेवनमै समय बिताएका रेगन श्रेष्ठको खेलले जीवनमा ठूलो परिवर्तन ल्याएको छ । जब उनले आफुलाई स्नुकर खेलतर्फ संलग्न गराउँदै त्यसमै निरन्रत लागे त्यसले विस्तार सफलता मिल्दै गयो, जसले उनको मनोबल पनि बढ्दै गयो । जसको नजिता रुपन्देहीबाट सुरु भएको उनको स्नुकरले राष्ट्रिय च्याम्पियनको यात्रा तय गर्यो ।

हालै काठमाण्डौमा भएको प्रथम चामुन्डा स्नुकरको च्याम्प्यिन बनेका रेगनको खुसीको सिमना छैन । उनीमात्र होइन बुटवलवासी नै अहिले दंग छन् । रेगन अहिले सम्म तीन पटक च्याम्पियन बनिसकेका छन् । बुटवलका स्थायी बासिन्दा रेगन झन्डै ८ बर्षदेखि काठमाडौं बस्दै आएका छन् । बुटवल अमरपथका स्व कृष्णमान श्रेष्ठ र शिला श्रेष्ठका कान्छा छोरा रेगनले स्नुकरको स्टिक समातेको डेढ दशक नाघिसक्यो ।
‘आज म स्नुकर खेलाडीका रुपमा चिनिएको छु, हाम्रो खेलकुदसँग श्रेष्ठले भने – नेपाल च्याम्पियन बन्दा खुसी लागेको छ । हिजा हामीजस्ता काम नपाएकाले खेल्ने खेल भनिन्थ्यो । आज सबैको नजर स्नुकरमा परेको देख्दा खुसी लाग्छ । ‘ सिनियरहरुको संगतबाटै यो खेलमा आर्कर्षिक भएको उनले स्मरण गरे । कुनै बेला उनी बुटवल स्नुकर हाउसमा दर्शक थिए । अरुले खेलेको हेर्थे । पछि उनी पनि खेल्न थाले । जिल्लाको विजेता हुँदै अघि बढेका उनी अहिले राष्ट्रिय च्याम्पियन बनेका छन् ।

डेढदशक अगाडि फर्कदा रेगनको जिन्दगी अर्कै थियो । उनी साथीभाइको लहलहैमा हिड्थे । आनन्दको लागि झन्डै एकदशक लागुपदार्थ सेवन गरेको कुरा भन्न उनी धक मान्दैनन् । ‘त्यो बेला अर्कै समय थियो , रेगनले थपे – ‘समयले त्यस्तै बनाएको थियो । स्कुल पढ्दा देखि नै लागुपदार्थ सेवन गरियो जसले गर्दा आफ्नो करियर सोचेजसरी अगाडि बढ्न सकेन । अब त्यो बिगत भैसक्यो , अहिले त मेरो पुरै ध्यान स्नुकर र आफ्नो व्यवसायमा केन्द्रित छ । ‘
रुपन्देही पुल तथा स्नुकर सघंका अध्यक्ष गजेन्द्रमान श्रेष्ठ भन्छन् – ‘रेगनले गर्दा हामी बुटवलवासीको नाम स्नुकरमा अगाडि आएको छ । उनी नेपाल च्याम्पियन हँुदै गर्दा यहाँका सघंसस्था र स्थानीय निकायले सम्मान गर्नुपर्ने हो , तर खेलाडीलाई वेवास्ता गरिएको छ जुन अत्यन्तै दुखद कुरा हो । ’
रेगनलाई बेलायतका खेलाडी रोनिओ सेलेभानको खेलबाट प्रभावित छन् । उनको खेलबाट आफुले धेरै सिकेको बताउने रेगनले लगनशिलता र धौयर्ता भएको खण्डमा जुनसुकै क्षेत्रमा पनि मिल्नेमा विश्वस्त छन् ।
सेप्टेबरमा बंगलादेशमा हुने प्रतियोगिता भाग लिने तयारीमा रहेका रेगन त्यसपछि वल्र्ड च्याम्पियनसिपका लागि म्यानमार जानेछन् । एउटा खेलाडीको लागि यो ठूलो मौका हो , विलियर्ड पुल तथा स्नुकर सघंका केन्द्रिय अध्यक्ष सरोज मुल्मीले भने – उनी जस्ता प्रतीभाबान खेलाडीलाई अघि बढाउन सघं प्रयासरत छ । यो खेलको विकासका लागि राज्यको पनि सहयोग चाहिन्छ । ’’
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले आइतवार भ्यालेन्सिया म्याराथन २०२५ मा महिला म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। ४२.१९५ किलोमिटर म्याराथन सन्तोषीले २ घन्टा ४० मिनेट २३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । उनले लण्डन म्याराथन राखेको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको आफ्नै कीर्तिमान तोडेकी हुन्। लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]