default_image

6 years ago

July 28, 2019

सदस्य सचिव सिलवाललाई कुराँशको बधाई

136 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– झन्डै तीन साता अघि राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव नियुक्त भएका रमेशकुमार सिलवाललाई नेपाल कुराँश संघले आइतबार शुभकामना दिदै कार्यकालको सफलताको कामना गरेको छ ।

त्रिपुरेश्वरस्थित सदस्य–सचिव सिलवालकै कार्यकक्ष पुगेर कुराँश संघका अध्यक्ष ध्रुवराज न्यौपाने, महासचिव प्रतिक्षा खरेललगायतका पदाधिकारीले बधाई एवंम् शुभकामना पत्र हस्तान्तरण गरेका थिए ।

संघले शुभकामना पत्रमार्फत सिलवालको कार्यकालमा भौतिक पूर्वाधार निर्माणले फड्को मार्नुका साथै व्यवसायिक खेलकुद अघि बढ्ने विश्वास लिएको छ । संघका अध्यक्ष न्यौपानेले कुराँशको खेलको अवस्थाका बारेमा सदस्य सचिव सिलवाललाई जनकारी दिएका थिए ।

December 8, 2025

सागकी स्वर्ण पदक विजेता सन्तोषीको एकपछि अर्को कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले आइतवार भ्यालेन्सिया म्याराथन २०२५ मा महिला म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। ४२.१९५ किलोमिटर म्याराथन सन्तोषीले २ घन्टा ४० मिनेट २३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । उनले लण्डन म्याराथन राखेको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको आफ्नै कीर्तिमान तोडेकी हुन्। लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन […]

December 6, 2025

भलिबल प्रशिक्षक राई झापामा १ लाखसहित सम्मानित

हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]

December 6, 2025

एपिएफ अर्जुनधारा महिला भलिबलको फाइनलमा

हिमाल खरेल, बिर्तामोड‌ नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]

Success

Thank you for your time.