6 years ago
August 2, 2019
काठमाडौं (हाम्रो खेलकुद) – अघिल्लो महिना राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिव नियुक्त भएयता रमेशकुमार सिलवालले खेलकुदका भौतिक पूर्वाधार निर्माणको निरक्षणलाई निरन्तरता दिदै आएका छन् । यसै सिलसिलामा उनले हेटौंडाको गौरीटारस्थित केन्द्रीय खेलकुद प्रतिष्ठानको शुक्रबार निरीक्षण गरेका छन् ।

प्रदेश ३ का मुख्य मन्त्री डोरमणि पौडेलको उपस्थितिमा सदस्य–सचिव सिलवालले प्रतिष्ठानको निरीक्षण गर्ने क्रममा त्यहाँ रहेका पूर्वाधारका बारेमा जानकारी लिएको राखेपले जनाएको छ ।
सदस्य सचिव सिलावलले मकवानपुर जिल्लाका खेलकुद विकास समितिका कार्यालय प्रमुख खुशराज दाहालसंग प्रतिष्ठानका बारेमा जानकारी दिए । त्यसअघि प्रदेश ३ का मुख्य मन्त्री पौडेल र सदस्य–सचिव सिलवालबीच विविधि पक्षमा छलफल भएको थियो ।
सदस्य–सचिव सिलवालले हेटौंडा उप महानगरपालिका मेयर हरिबहादुर महतसंग पनि भेट गरी खेलकुदका विषयमा छलफल गरे । १३ औं दक्षिण एसियाली खेलकुद (साग) को तयारीका सिलसिलामा हेटौडमा प्रशिक्षणमा रहेका कुस्ती खेलाडीलाई भेट गरी सिलवालले तयारीका बारेमा जानकारी लिए ।
त्यस्तै उनले मकवानपुर जिल्ला खेलकुद विकास समितिका कर्मचारीसंग पनि भेट गरेका थिए । शुक्रबारै मदन भण्डारी स्पोट्र्स एकेडेमी मकवानपुर जिल्ला कमिटीका पदाधिकारीहरुले सदस्य–सचिव सिलवाललाई कार्यकाल पूर्ण सफलताका लागि शुभकामना दिए ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले आइतवार भ्यालेन्सिया म्याराथन २०२५ मा महिला म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। ४२.१९५ किलोमिटर म्याराथन सन्तोषीले २ घन्टा ४० मिनेट २३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । उनले लण्डन म्याराथन राखेको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको आफ्नै कीर्तिमान तोडेकी हुन्। लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]