default_image

6 years ago

August 3, 2019

अब खेलाडीको वर्गीकरण हुने!

181 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको खेलकुद इतिहासमा पहिलो पटक खेलाडीहरुको वर्गीकरण गरिने भएको छ । खेलाडी आउने दिनमा खेलाडी राष्ट्रिय वा अन्तर्राष्ट्रिय खेलाडीका रुपमा वर्गीकृत हुनेछन् । संसदिय समितिले संसोधन गरेको राष्ट्रिय खेलकुद विधेकलाई राष्ट्रिय सभाले बिहीबार पास गरेको छ । मुख्यतः खेलाडीहरुलाई दुई वर्गमा विभाजन गरिने भएको छ ।

तस्बिर सौजन्य: टि एच टि

अन्तर्राष्ट्रिय खेलाडी तिनलाई भनिनेछ जसले औपचारिक अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेका छन् । अन्तर्राष्ट्रिय स्तरको औपचारिक प्रतियोगितामा सहभागी भएकै कारण अन्तर्राष्ट्रिय खेलाडीको परिचय भने पाउने छैनन् । यस्तै मैत्रीपूर्ण र अन्तर्राष्ट्रिय मान्यता प्राप्त नभएका प्रतियोगितामा पदक जित्नेले पनि अन्तर्राष्ट्रिय खेलाडीको स्थान पाउने छैनन् ।

राष्ट्रिय खेलाडी तिनलाई भनिनेछ जसले राष्ट्रिय खेलकुद परिषदले आयोजना गरेको औपचारिक राष्ट्रिय प्रतियोगितामा पदक जितेको र अन्तर्राष्ट्रिय स्तरको औपचारिक खेलमा नेपालको प्रतिनिधित्व गरेका छन् । राष्ट्रिय सभाले उक्त विधेकलाई पास गर्न संघिय संसदमा पठाएको छ । विधेयकमा राष्ट्रिय प्रतियोगितामा भाग लिएका तर कुनै पनि पदक नजितेकालाई खेलाडी मात्र भनिने उल्लेख गरिएको छ ।

वर्गीकरण नहुँदा खेल क्षेत्रमा खेलाडीका विषयमा पनि दुविधा रहेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले बताए । ‘राष्ट्रिय की अन्तर्राष्ट्रिय खेलाडी भन्ने विषयमा खेलाडीहरुमै विवाद छ,’ अध्यक्ष श्रेष्ठले भने, ‘खेलाडी, राष्ट्रिय वा अन्तर्राष्ट्रिय खेलाडी अब यो वर्गीकरणले सहज हुने भयो ।’

विगतमा राखेपले जारी गरेको कार्डले दुविधा उत्पन्न गरेको श्रेष्ठको अनुभव छ । ‘पहिला पनि अन्तर्राष्ट्रिय खेलाडीका लागि कार्डको व्यवस्था थियो । तर धेरै खेलाडीले आफुलाई अन्तर्राष्ट्रिय खेलाडी भन्दौ कार्ड लिए । अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिएकै कारण उनीहरुले आफूलाई अन्तर्राष्ट्रिय खेलाडी भनेका हुन्,’ उनले भने,’ अब बन्ने कानुनले यी सबै विषयमा प्रष्ट पार्ने विश्वास छ।’

December 8, 2025

सागकी स्वर्ण पदक विजेता सन्तोषीको एकपछि अर्को कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले आइतवार भ्यालेन्सिया म्याराथन २०२५ मा महिला म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। ४२.१९५ किलोमिटर म्याराथन सन्तोषीले २ घन्टा ४० मिनेट २३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । उनले लण्डन म्याराथन राखेको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको आफ्नै कीर्तिमान तोडेकी हुन्। लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन […]

December 6, 2025

भलिबल प्रशिक्षक राई झापामा १ लाखसहित सम्मानित

हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]

December 6, 2025

एपिएफ अर्जुनधारा महिला भलिबलको फाइनलमा

हिमाल खरेल, बिर्तामोड‌ नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]

Success

Thank you for your time.