default_image

5 years ago

August 6, 2019

१३ औं साग : भारत र पाकिस्तानको प्रतिवद्धता बाँकी !

प्रकाश तिमल्सिना, काठमाडौं नेपालमा आयोजना हुने भनेको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा भाग लिने विषयमा भारत र पाकिस्तानबाहेकका राष्ट्रले लिखित प्रतिबद्धता जनाइसकेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएको छ । पटक पटक रोकिएको १३ औं साग तेस्रो पटक मंसिर १५ देखि २५ गते सम्म काठमाडौं र पोखरामा हुने गरि तय भएको छ । […]

24 views

0 Bookmark

प्रकाश तिमल्सिना, काठमाडौं

नेपालमा आयोजना हुने भनेको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा भाग लिने विषयमा भारत र पाकिस्तानबाहेकका राष्ट्रले लिखित प्रतिबद्धता जनाइसकेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएको छ ।

पटक पटक रोकिएको १३ औं साग तेस्रो पटक मंसिर १५ देखि २५ गते सम्म काठमाडौं र पोखरामा हुने गरि तय भएको छ । अझै पनि भौतिक पूर्वाधार निर्माण सम्पन्न भइ नसक्ने होकी भन्ने शंका यथावत छदैछ । यसअघि दुई पटक भौतिक पूर्वाधार निर्माण सम्पन्न नभएकै कारण सागको मिति सार्नु परेको थियो ।

‘सहभागिताका लागि भारत र पाकिस्तान बाहेक ४ राष्ट्र (माल्दिभ्स, भुटान, श्रीलंका र बंगलादेश) को लिखित प्रतिवद्धता नै प्राप्त भइसकेको छ, ‘राखेप सदस्य सचिव रमेशकुमार सिलावलले सोमबार हाम्रो खेलकुदसँग भने, ‘भारत र पाकिस्तान पनि सकारात्मक नै हामीले पाएका छौं । लिखित प्रतिवद्धता भने आउन बाँकी छ ।’

भारत र पाकिस्तान त्यस्ता दुई देश हुन् जसको सम्बन्धमा आउने उतार चढावले विगतमा पनि साग प्रभावित भएका उदाहरण छन् । सन् १९८४ मा नेपालबाट सुरु भएको साग (तत्कालिन दक्षिण एसियाली महासंघिय खेलकुद (साफ) को इतिहास ३ दशक भन्दा लामो छ । तर, दक्षिण एसियाको सबै भन्दा ठूलो खेल मेला योजना अनुरुप प्रत्येक दुई वर्षमा भने आयोजना हुन सकेको छैन ।

सागका लागि लक्षित भौतिक पूर्वाधार निर्माणको प्रक्रियालाई कात्तिक १५ भित्र सक्ने गरि काम अघि बढाउने पहल भइरहेको उल्लेख गर्दै सिलवालले भने, ‘अरु पूर्वाधार समय भित्र पाउनेमा हामी ढुक्क छौं । मुख्य भनेको दशरथ रंगशालाको भिआईपी प्यारापिटको छानाको विषय हो । ‘

सिलवालले भिआइपी प्यारापिटतर्फको केहि सामान भारत र बाँकी सामान चीनबाट आउने जानकारी दिए । ‘प्यारापिटका लागि चाहिने सुरुको छानालाई सर्पोट गर्ने डण्डीलागयतका सामान भारतबाट ल्याउनुपर्नेछ ,’ सिलवालले भने,’ त्यसको काम समयमा हुन्छ हुँदैन भन्ने बुझ्न राखेप उपाध्यक्ष पिताम्बार तिम्सिना र नेपाल ओलम्पिक कमिटी (एनओसी) का सदस्य तेज गुरुङ भारत जानुभएको छ । ‘

सिलवालले भारतबाट सामान आउने ग्यारेन्टी भए भिआईपी प्यारापिटतर्फ लाग्ने छाना र कुर्सीको अवस्थाको जानकारीका लागि आफुसहितको टोली सम्भवत अर्को साता चीन जाने बताएका छन् । उनले थपे,’ सामानको गुणस्तर हेर्न र समयमा नेपाल आइपुग्छ पुग्दैन त्यो हाम्रो मुख्य चासो हो ।’

चीनबाट फर्केपनि भने सागका सहभागी राष्ट्रमा निमन्त्रणा दिनका लागि जाने योजना रहेको सिलवालले सुनाए । ‘भौतिक निमार्ण सम्पन्न हुनेमा पहिला त हामी आफै विश्वस्त हुनका लागि चीन भ्रणममा जाने छौं । कात्तिक १५ भित्र सबै काम सम्पन्न हुने ग्यारेन्टी भएपछि हामी निमन्त्रणा दिन सहभागि सबै राष्ट्र पुग्नेछौं,’ सिलवालले भने, ‘त्यति बेला मन्त्रीस्तरीय भ्रमण हुनुपर्दछ । सम्भवत मन्त्री ज्यू, एनओसी अध्यक्ष र म जानेछौं । ‘

सदस्य सचिव सिलवालले भारत र पाकिस्तानको सम्बन्धले सागमा असर पर्न सक्ने सम्भावनालाई अस्वीकार गर्न नसकिने पनि बताए । ‘राजनीतिक कारणले असर परेको विगतको अनुभव छ,’ उनले भने, ‘पक्कै पनि सहभागी दुई राष्ट्रबीच समस्या हुँदा त्यसले धक्का त पर्छ नै । तर अहिले सम्मको अवस्थामा त्यस्तो केहि देखिएको हामीले पाएका छैनौं ।’

राखेप उपाध्यक्ष तिम्सिना र एनओसी सदस्य गुरुङले पनि सागमा भारतको सहभागिताका विषयमा औपचारिक अनौपचारिक भेट गर्ने सम्भावना रहेको सदस्य सचिव सिलवालले बताए । उहाँहरुको पहलले पनि केहि न केहि सकारात्मक सन्देश आउन सक्ने सम्भावना छ । नेपालका लागि तेस्रो पटक साग सफलतापूर्वक आयोजना र उत्कृष्ट प्रदर्शन गर्नुपर्ने दोहोरो चुनौति छ ।

३५ वर्षको बीचमा नेपालले तेस्रो पटक आयोजनाको जिम्मेवारी पाएको छ । पहिलो संस्करण १९८४ मा आयोजना हुँदा भौतिक पूर्वाधार भन्दा बढी उत्साह अर्थपूर्ण थियो भन्न सकिन्छ । १९९९ मा नेपालले दोस्रो पटक आठौं साग आयोजना गर्दा भौतिक पूर्वाधारमा केहि काम भएका छन् । चीन सरकारको सहयोगमा दशरथ रंगशालाको पूर्ननिर्माणका लागि सातदोबाटोमा खेलकुद परिसर निर्माणमा भएको थियो ।

त्यसको २० वर्षपछि आयोजना हुँदा भौतिक पूर्वाधार पूर्ननिर्माणमै बढी जोड छ । नयाँ पूर्वाधार खासै निर्माण भएको छैन । आठौंमा पदक तालिकाकोको दोस्रो स्थानमा रहेको नेपाल त्यसपछि सधै पछाडि रहँदै आएको छ । फेरि पनि पदक तालिकाको दोस्रो स्थानमा पर्नका लागि नेपालका लागि फलामको चिउरा चपाए सरह हुने छ ।

April 18, 2024

राष्ट्रपति रनिङ सिल्ड – सुदूरपश्चिम टिम च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)– सुदूरपश्चिम प्रदेशले पहिलो पटक केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ सिल्डमा बिहीबार टिम च्याम्पियन बनेको छ । १४ औं संस्करणमा १९ स्वर्ण, १२ रजत र १८ कांस्य पदकका साथ सुदूरपश्चिम च्याम्पियन बनेको हो । बागमती प्रदेश १७ स्वर्ण, १३ रजत र १५ कांस्य पदकका साथ दोश्रो भयो । तेश्रो स्थानको कर्णाली प्रदेशले १० स्वर्ण, ५ […]

April 18, 2024

एथलेटिक्समा ३ कीर्तिमान, आशिषले ३६ वर्ष पुरानो कीर्तिमान तोडे

काठमाडौं (हााम्रो खेलकुद)– १४ औं केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ सिल्डको अन्तिम दिन बिहीबार एथलेटिक्समा ३ नयाँ जुनियर राष्ट्रिय कीर्तिमान कायम भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित प्रतियोगितामा अन्तर्गत त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुदूरपश्चिम प्रदेशका आशिष महरले छात्र ट्रिपल जम्पमा १४.१९ मिटर जम्प गर्दै ३६ वर्षअघिको जुनियर राष्ट्रिय कीर्तिमान भंग गर्दै स्वर्ण पदक जितेको छन् […]

April 18, 2024

वर्षभर चलायमान भलिबल

दिल तामाङ नेपाली भलिबल वर्ष २०८० मा चलायमान रह्यो । घरेलु भलिबल व्यस्त रहँदा अन्तर्राष्ट्रिय सहभागिताले पनि निरन्तरता पायो । भलिबल नेपालको राष्ट्रिय खेल घोषणा भएको ६ वर्ष भन्दा बढी भइसकेको छ । तर, अपेक्षा अनुसार सरकारले भलिबलमा लगानी भने गरेको छैन । यद्यपि घरेलु भलिबल व्यस्त रह्यो । पुरुषको १५ र महिलाको ९ वटा […]

Success

Thank you for your time.