10 years ago
June 2, 2016
काठमाडौं (हाम्रो खेलकुद )-एपिएफले प्रथम वीर गणेशमान सिंह स्मृती महिला तथा पुरुष राष्ट्रिय खुला ह्याण्डबल प्रतियोगिता – २०७३ को पहिलो दिन बिहिबार दोहोरो जित हात पारेको छ ।
कपन आकाशेधारास्थित ह्याण्डबल मैदानमा भएको प्रतियोगितामा एपिएफको पुरुष टिमले आयोजक सदावहार खेलकुद समाज टिमलाई २९–१४ गोल अन्तरले पराजित ग¥यो । यसै गरि महिला तर्फ पनि एपिएफले मध्यमाञ्चललाई ३९–३ को विशाल गोल अन्तरले पराजित गर्न सफल भयो ।
पूर्व उप–प्रधानमन्त्री नेपाली कांग्रेसका पुर्व महामन्त्री एवम् केन्द्रिय सदस्य तथा विर गणेशमान सिंह फाउण्डेसनका अध्यक्ष माननिय प्रकाशमान सिंहको प्रमुख आतिथ्यमा भएको प्रतियोगिताको बिहिबारनै भएको अर्को खेलमा पश्चिमाञ्चलको हिमालय क्लब बाटुलेचौरले नेपाली सेनाको टिमलाई २७–२४को प्रतिस्पर्धात्मक अन्तरले पराजित ग¥यो ।
प्रतियोगिताका दौरान ह्याण्डबलको विकास र विस्तारमा निरन्तर लागि परेका व्यक्तित्व द्वय ह्याण्डबल संघका पूर्व महासचिव, खेलाडी एवं प्रशिक्षक विश्व बम मल्ल र कोषाध्यक्ष मिठाराम अधिकारीलाई कदर पत्रद्वारा सम्मान गरिएको थियो ।
चार दिन सम्म संचालन हुने प्रतियोगितामा पुरुष तर्फ नेपाली सेना, सशस्त्र प्रहरी बल, पश्चिमाञ्चल, मध्यमाञ्चल, आयोजक सदावहार खेलकुद समाज र बुढानिलकण्ठ नगर ह्याण्डबल टिम गरि ६ तथा महिला तर्फ नेपाली सेना, सशस्त्र प्रहरी बल, मध्यमाञ्चल ए र बि गरि ४ टिमको सहभागिता रहेकोछ ।
प्रतियोगिता उद्घाटन कार्यक्रममा माननिय सांसद एवं नेपाली काँग्रेशका केन्द्रिय सदस्य गगन थापा, ने.का. काठमाण्डौ ४ का क्षेत्रिय सभापति राजु श्रेष्ठ, नेपाल ह्याण्डबल संघका अध्यक्ष तेज गुरुङ, अखिल नेपाल फुटबल संघ एन्फा उपाध्यक्ष कर्मा छिरीङ शेर्पा, नेपाल लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष देवेन्द्र कुमार शेरचनका साथै विभिन्न राजनितिक दलका प्रतिनिधि, नगर प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लबले दोस्रो जित निकालेको छ । आज भएको पहिलो प्रतिस्पर्धात्मक खेलमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-१ सेटले पराजित गरेको हो । एपिएफ २५-१५,२२-२५,२५-१८,२५-१८ विजयी भएको हो । आर्मीले २२–२५ को सेट आफ्नो पक्षमा पारेको थियो । खेलको प्लेयर अफ द म्याच […]