default_image

6 years ago

August 25, 2019

हरेराम स्मृति टेबल टेनिसमा आरिश र अनुष्का च्याम्पियन

157 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– सिसिआरसिका आरिश महर्जन पुरुष र अनुष्का प्रसाईं महिलातर्फ १४ औं हरेराम स्मृति टेबलटेनिस प्रतियोगिताको खुलामा च्याम्पियन बनेका छन् ।

हरेराम जोशी स्मृति प्रतिष्ठानद्वारा आयोजित प्रतियोगिताको फाइनलमा आरिशले एभरेष्टका हिमाल विष्टलाई ११–९, ११–६, ११–८, ८–११ र ११–६ ले हराए । ललितपुरका रुविन महर्जन तथा समिप श्रेष्ठ संयुक्त रुपमा तेश्रो भए ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको अर्को फाइनलमा अनुष्काले भक्तपुरकी दिया देउलालाई ११–६, ११–८, ११–९ र ११–७ को सोझो सेटमा हराइन् । विजेश्वरीकी अनुष्का सिम्खडा तथा ललितपुरकी प्रणिका कुँवर तेश्रो बने ।

पहिलो हुने आरिश र अनुष्काले समान ५ हजार रुपैयाँ प्राप्त गरे । विजेतालाई सुरेन्द्र केसी, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सुदिल शाही, स्वर्गिइ हरेरामका छोरा पूर्व टेबलटेनिस प्रमुख प्रशिक्षक रमेशराज (आरआर) जोशीलगायतले पुरस्कृत गरे । दुईदिने प्रतियोगितामा १ सय ८५ खेलाडीले विभिन्न १२ स्पर्धामा प्रतिस्पर्धा गरेको प्रतियोगिता संयोजक राजेन्द्र कपालीले जानकारी दिए ।

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

December 5, 2025

आर्मी अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]

December 4, 2025

अर्जुनधारा महिला भलिबलमा पुलिसको जित

हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]

Success

Thank you for your time.