6 years ago
September 17, 2019
काठमाडौं (हाम्रो खेलकुद)- नेपालमा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद (साग)का लागि बक्सिङबाट १६ खेलाडी छनोट भएका छन् । लगनखेलस्थित नेपाल आर्मीको शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रमा मंगलबार सम्पन्न प्रतिस्पर्धाबाट संघले मंगलवार १० पुरुष र ६ महिला गरी १६ खेलाडी सागका लागि छनोट गरेका हुन् ।
संघले सोमबार ८ र मंगलबार ८ खेलाडी छनोट गरेको हो । मंगलबार भएको पुरुषतर्फ ४० केजीमा आर्मीका सुशील थापामगर, ५६ केजीमा एपिएफका पुरन राई र ६० केजीमा एपिएफका विकास लामा छनोट भए । फाइनलमा सुशीलले एपिएफका प्रदीप महर्जनलाई अंकका आधारमा ५–० ले हराउँदा पुरनले आर्मीका पुरन सुनारलाई ५–० ले र्नै स्तब्ध बनाउदै सागको यात्रा तय गरे ।
विकासले प्रदेश–३ का मनिष डंगोललाई ४–१ ले निराश पारे । पुरुष ७५ केजी तौलसमूहमा आर्मीका दीपक श्रेष्ठ र ८१ केजीमा कर्णाली प्रदेशका मनोहर बस्नेत छनोट हुन सफल भए । दीपकले फाइनलमा प्रदेश–३ का भुमिलाल दिवसलाई ५–० ले पराजित गरे । मनोहरले आर्मीका गणेश प्रधानमाथी ३–२ को कठिन जित निकाल्यो ।
महिलातर्फको ५४ केजी तौल समुहको फाइनलमा आर्मीकी मिनु गुरुङले नेपाल पुलिसकी निशा तामाङलाई ५–० ले हराउँदा ५७ केजीमा आर्मीकी चन्द्रकला थापाले एपीएफकी माया चौधरीलाई ५–० ले निराश पारिन् । ६४ केजीमा आर्मीकी पुनम रावलले कठिन जित निकाल्दै छनोट भईन् । उनले फाइनलमा एपिएफकी विनिता थापामगरलाई अंकको आधारमा ३–२ को कठिन जित निकालिन् ।
यसअघि सोमबार पुरुषतर्फ ५२ केजीमा तेजबहादुर देउवा, ६० केजी सनिल साही, ६४ केजीमा भुपेन्द्र थापा, ९१ केजीमा अर्जुन सिगु र ९१ केजीमाथि आशिष दवाडी छनोट भएका थिए । महिलातर्फ ४८ केजीमा ललिता महर्जन, ५१ केजीमा माला राई र ६० केजीमा संगीता सुनुवार छनोट भएका थिए ।
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]