6 years ago
September 21, 2019
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय टोलीका पूर्वधावकद्वय जितबहादुर केसी र विमला राना मगर सम्मानित हुने भएका छन् कागेश्वरी मनोहरा नगरपालिका वडा नं ९ स्थित उज्ज्वल नगरस्थित उज्ज्वलतारा स्कुलले दुवैलाई जनही ११ हजार १ सय ११ रुपैयाँ सहित ‘उज्ज्वल तारा सम्मान २०७६’ बाट सम्मान गर्ने भएको हो ।

विद्यालयले आउँदो असोज ११ गते शनिबार ‘तेस्रो उज्ज्वल तारा दशैं रन फर गुड हेल्थ’ कार्यक्रमको आयोजना गर्दैछ । सोहि कार्यक्रममा धावकद्वयलाई सम्मान गरिने विद्यालयका संस्थापक सल्लाहकार एवं संयोजक विष्णु कार्कीले जानकारी दिए । दौडको अन्तिम तयारीबारे राजधानीमा शनिबार आयोजित छलफल कार्यक्रममा वरिष्ठ मुटुरोग विशेषज्ञ डा.भगवान कोइरालाको नेतृवमा निर्माण हुन लागेको गैर नाफामुखी वालरोग अस्पतालको लागि उज्ज्वल तारा स्कुलले ५ लाख नगद प्रदान गर्ने पनि घोषणा गर्यो ।
स्कुलले ५ लाख रुपैयाँ सहयोग दिनुका साथै उज्ज्वल नगर समाजले १ लाख ११ हजार र स्थानीय अनिल थापाले १ लाख १ हजार रुपैयाँ दिने घोषणा गरे । छलफल कार्यक्रममा सहभागी विभिन्न व्यक्तिबाट समेत गरि आजै अस्पताल निर्माणको लागि १५ लाख रुपैयाँ दिने घोषणा भएको छ ।
कागेश्वरी मनोहरा नगरपालिकाको गौरव र ब्राण्ड बनाउने उद्धेश्यसहित ‘तेस्रो उज्ज्वल तारा दशैं रन फर गुड हेल्थ’ कार्यक्रम आयोजना गर्न लागिएकोमा कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापाले प्रशंसा गर्दै कार्यक्रम सफल पार्न र यसको दिगो विकासको लागि नगरपालिकाको तर्फबाट आवश्यक पर्ने आर्थिक तथा भौतिक सहयोग गर्ने वचनवद्धता व्यक्त गरे ।
वालरोग अस्पतालका संस्थापक एवम् वरिष्ठ मुटुरोग विशेषज्ञ डा.भगवान कोइरालाले उज्ज्वल तारा स्कुलले वाल अस्पताललाई ५ लाख रुपैयाँ सहयोग गरेर उदाहरणीय काम गरेकोमा त्यसको मुक्त कण्ठले प्रशंसा गरे । कार्यक्रममा विद्यालयकी प्रिन्सिपल सम्झना पोखरेलले दौडको उदेश्यबारे प्रकाश पारेकी थिइन भने नेपाल दुरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दौड सफलताको कामना गरे ।
केटाकेटीदेखि ६० वर्ष उमेरभन्दा माथिकालाई समेत सहभागी गराउने उद्धेयले आयोजना गर्न लागिएको उक्त दौडमा विभिन्न १६वटा विधा रहनेछन । आपसी सद्भाव र मित्रता बढाउन, स्वास्थ्यबारे जनचेतना फैलाउन र दशैंको शुभकामना आदनप्रदान गर्ने उद्धेश्यले तेस्रो पटक सो दौड आगामी असोज ११ गते काँडाघारीमा गर्न लागिएको हो ।
December 18, 2025
काठमाडाैं (हाम्रो खेलकुद)- आयोजक बिआइए इन्स्टिच्युटले पहिलोपटक आयोजना भएको ह्विलचेयर रग्बी मैत्रीपूर्ण प्रतियोगिताको उपाधि जितेको छ। बौद्धस्थित डाउनटाउनमा बिहीवार भएको खेलमा बिआइएले स्पाइनल इन्जरी संघ नेपाललाई ५-३ स्कोरले हराउँदै उपाधि हात पारेको हो। गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५, नेपाल रग्बी संघ तथा नेपाल स्पाइनल कर्ड इन्जरी संघको सहयोगमा सम्पन्न यो प्रतियोगिता नेपालमा ह्विलचेयर रग्बी खेलको […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]