default_image

6 years ago

September 22, 2019

पुरुषोत्तमलाई नमुना बौद्ध मास्टर्स चेस उपाधि

168 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबका खेलाडी पुरुषोतम चौंलागाईंले दोश्रो नमुना बौद्ध मास्टर्स चेस च्याम्पियनसिपको उपाधि जितेका छन् । प्रतियोगिताको अन्तिम चरणको खेलमा फिडेमास्टर मनिष हमाललाई हराउँदै पुरुषोत्तमले वर्षको दोश्रो ठूलो उपाधि जितेका हुन् ।

 

वैशाखमा सम्पन्न प्रदेश ५ मा सम्पन्न आठौं राष्ट्रिय खेलकुद अन्र्तगत भएको २१ औं राष्ट्रिय बुद्धिचाल प्रतियोगिताका जितेका पुरुषोत्तमले नमुनामा ९ खेलमध्ये ६ मा जित र ३ मा बराबरी खेलेका थिए । बैंकर समेत रहेका उनले उपाधिसहित ५१ हजार रुपैयाँ प्राप्त गरे ।

पूर्व राष्ट्रिय च्याम्पियन डायनामीक चेस क्लब दमकका क्यान्डिडेटमास्टर भुपेन्द्र निरौला ९ खेलबाट ७ अंक जोड्दै दोस्रो भए । उनले नवौं चरणमा फिडेमास्टर रुपेश जयसवालसँग बराबरी खेले । भूपेन्द्रले ३० हजार रुपैयाँ पाए । सुरवीर लामाले तेश्रो भए । अन्तिम चरणको खेलमा थापाथली चेस पार्कका सुमित पन्तलाई पाखा लगाउँदै ७ अंक बनाएका गोल्डेनगेट कलेजका सुरवीरले २० हजार रुपैयाँ जिते ।

प्रतियोगिताको पहिलो वरियताका फिडेमास्टर रुपेश ६ दशमलब ५ अंकका साथ चौथो भए । त्यसैगरी पूर्व राष्ट्रिय च्याम्पियन क्यान्डिेटमास्टर नविन तण्डुकार पाँचौं, सुमित पन्त छैटौं, गजुरमुखी चेस क्लबका मनिष हमाल सातौं, भक्तपुरका गणेशमान दुवाल आठौं, थापाथली चेस पार्कका क्यान्डिडेटामास्टर क्षितीज भण्डारी नवौं र शुसील चौधरी दसौं भए ।

शीर्ष १५ खेलाडीले नगद पुरस्कार जिते । थापाथली चेस पार्कका आशिष फुयाल ११ औं, शहिद शुक्र क्लबका प्रेमकृष्ण महर्जन र राजेन्द्र बज्राचार्य १२ औं, गजुरमुखी चेस क्लबका क्यान्डिडेटमास्टर कृष्ण थापा १४ औं र गोल्डेनगेट कलेजका क्यान्डिडेटमास्टर मदनकृष्ण कायस्थ १५ औं भए ।

स्नेहा यादवले महिलातर्फ च्याम्पियन बनिन् । विशेखा जयसवाल दोस्रो र विनिता कपाली तेस्रो भइन् । निरञ्जन पुडासैनीले उत्कृष्ट एनबिसिसी खेलाडीतर्फ पहिलो बने । त्यसमा विनोद काफ्ले दोस्रो र मनिराज डाँगी तेस्रो भए ।

ब्लिचतर्फ शुरवीर उत्कृष्ट
प्रतियोता दौरान संविधान दिवसको अवसरमा आयोजित संविधान दिवस ब्लिच चेस प्रतियोगिताको उपाधि सुरवीर लामाले जिते । त्यसमा क्षितीज भण्डारी दोश्रो तथा नविन तण्डुकार तेश्रो भए ।

नमुना बौद्ध चेस क्लबको आयोजना तथा मार्बल टेक्नोप्लास्टको प्रायोजनमा भदौ  ३१ गते शुरु भएको प्रतियोगिताका विजयी खेलाडीलाई संघीय संसद कृष्ण राई, प्रदेश सभा सदस्य रामेश्वर फुयाल, नेपाल ओलम्पिक कमिटिका सदस्य रमेशप्रसाद शिवाकोटी, नेपाल बुद्धिचाल संघका अध्यक्ष एकालाल श्रेष्ठ लगायतले पुरस्कृत गरे ।

December 5, 2025

आर्मी अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]

December 4, 2025

अर्जुनधारा महिला भलिबलमा पुलिसको जित

हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]

December 4, 2025

अर्जुनधारा महिला भलिबल- एपिएफको दोस्रो जित

हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लबले दोस्रो जित निकालेको छ । आज भएको पहिलो प्रतिस्पर्धात्मक खेलमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-१ सेटले पराजित गरेको हो । एपिएफ २५-१५,२२-२५,२५-१८,२५-१८ विजयी भएको हो । आर्मीले २२–२५ को सेट आफ्नो पक्षमा पारेको थियो । खेलको प्लेयर अफ द म्याच […]

Success

Thank you for your time.