6 years ago
September 24, 2019
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना हुने प्रधानमन्त्री कप चौथो अन्तर विश्वविद्यालय राष्ट्रिय खेलकुद प्रतियोगिताको सबै तयारी पुरा भएको जनाएको छ ।
प्रतियोगिताको ब्यवस्थापनको जिम्मेवारी पाएको राष्ट्रिय विश्वविद्यालय खेलकुद संघले मंगलबार पत्रकार सम्मेलनमा गर्दै असोज ९ गते देखि ११ गते सम्म चल्ने प्रतियोगितामा फुटबल, भलिबल,दौड,बास्केटबल,टेबल टेनिस,चेस र ब्याडमिन्टनमा प्रतिस्पर्धा हुने जनाएको छ ।
९ विश्व विद्यालयको सहभागिता रहने प्रतियोगितामा ७६ स्वर्ण ,७६ रजत र ७६ गरित कुल २ सय २८ पदकको लागि प्रतिस्पर्धा हुने बताएको छ । प्रतियोगितामा ६ सय १२ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
सहभागि विश्व विद्यालयमा त्रिभुवन, मध्यमपश्चिमाञ्चल ,सुदूरपश्चिम, पोखरा विश्वविद्यालय,पुर्वाञ्चल,नेपाल सस्कृत ,लुम्बिनी बौद्ध ,कृषि तथा बन विज्ञान र काठमाडौं छन् ।
झन्डै १ करोड २६ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको प्रतियोगिताका लागि राखेपले ३५ लाख रुपैयाँ सहयोग उपलब्ध गराउने उल्लेख गर्दै विश्व विद्यालय खेलकुद संघका अध्यक्ष अनिलकुमार रिजालले बाँकी रहम प्रायोजकबाट संकलन गरिने बताए । नेकपाको खेलकुद विभागका उप प्रमुख ठाकुर गैरेले प्रतियोगिताले राष्ट्रिय खेलाडी उत्पादनमा सहयोग पुग्ने विश्वास लिएको बताए ।
December 18, 2025
काठमाडाैं (हाम्रो खेलकुद)- आयोजक बिआइए इन्स्टिच्युटले पहिलोपटक आयोजना भएको ह्विलचेयर रग्बी मैत्रीपूर्ण प्रतियोगिताको उपाधि जितेको छ। बौद्धस्थित डाउनटाउनमा बिहीवार भएको खेलमा बिआइएले स्पाइनल इन्जरी संघ नेपाललाई ५-३ स्कोरले हराउँदै उपाधि हात पारेको हो। गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५, नेपाल रग्बी संघ तथा नेपाल स्पाइनल कर्ड इन्जरी संघको सहयोगमा सम्पन्न यो प्रतियोगिता नेपालमा ह्विलचेयर रग्बी खेलको […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]