default_image

6 years ago

September 25, 2019

राष्ट्रिय च्याम्पियन स्यान्टु दुर्घटनामा

249 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – टेबल टेनिसका तीनपटकका राष्ट्रिय च्याम्पियन स्यान्टु श्रेष्ठ दुर्घटनामा परेका छन् ।

नयाँ बानेश्वरबाट मैतीदेवीस्थित कलेज जाँदै गर्दा बा १ ज ८८३१ नम्वरको माइक्रो बसले स्यान्टु सवार बा ९२ प ५०८३ नम्वरको मोटरसाइकललाई ठक्कर दिदा स्यान्टु घाइते हुन पुगेका हुन् । घटना बिहान ११ बजे भएको हो ।

उनको दायाँ खुट्टामा चोट लागेको छ । खुट्टाको बोन फ्याक्चर हुनुका साथै सोल्जर लिगामेन्ट च्यातिएको छ । अन्य स्थिति भने सामान्य नै रहेको टेबल टेनिसकी महिला राष्ट्रिय च्याम्पियन नविता श्रेष्ठले जानकारी दिइन् । उनको अन्नपुर्ण न्युरो अस्पताल बबरमहलमा उपचार भइरहेको छ ।

यससँगै स्यान्टुले दक्षिण एसियाली खेलकुदमा सहभागिता जनाउने अन्यौलमा परेको छ । उनको केहि साता प्रशिक्षण प्रभावित हुने भएको छ । माइक्रो र चालक नेपाल प्रहरीको नियन्त्रणमा रहेको छ ।

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

December 5, 2025

आर्मी अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]

December 4, 2025

अर्जुनधारा महिला भलिबलमा पुलिसको जित

हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]

Success

Thank you for your time.