6 years ago
September 27, 2019
बुटवल (हाम्रो खेलकुद)– दुर्गा थापाले विजया दशमी तथा दिपावलीको उपलक्ष्यमा आयोजना भएको यल्लो ईन्टिमेन्सी तेस्रो स्नुकर प्रतियोगिताको उपाधि जितेका छन् ।
ईन्टिमेन्सी ग्रुपको आयोजननमा भएको प्रतियोगिताको फाइनलमा रितु पुनलाई ३–२ को सेटमा पराजित गर्दै दुर्गाले उपाधि चुमेका हुन् । दुर्गाले खेल ५९–१,६४–२९, २४–५८, ४३–१४, ५८–२ को सेटमा आफ्नो पक्षमा पारेका थिए ।
त्यसअघि पहिलो सेमिफाइनलमा दुर्गाले लक्ष्मण थापालाई ३–१ तथा रितुले अमिन थापालाई ३–१ को सेटमा पराजित गरेका थिए । खेल संयोजक रमेश रोक्काले प्रतियोगितामा ५३ जना खेलाडीको सहभागिता रहेको जानकारी दिए ।
December 18, 2025
काठमाडाैं (हाम्रो खेलकुद)- आयोजक बिआइए इन्स्टिच्युटले पहिलोपटक आयोजना भएको ह्विलचेयर रग्बी मैत्रीपूर्ण प्रतियोगिताको उपाधि जितेको छ। बौद्धस्थित डाउनटाउनमा बिहीवार भएको खेलमा बिआइएले स्पाइनल इन्जरी संघ नेपाललाई ५-३ स्कोरले हराउँदै उपाधि हात पारेको हो। गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५, नेपाल रग्बी संघ तथा नेपाल स्पाइनल कर्ड इन्जरी संघको सहयोगमा सम्पन्न यो प्रतियोगिता नेपालमा ह्विलचेयर रग्बी खेलको […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]