6 years ago
October 13, 2019
काठमाडौं (हाम्रो खेलकुद) –स्वदेशमा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद ९साग० को लागि बक्सिङको बन्द प्रशिक्षण पोखरामा हुने भएको छ । बन्द प्रशिक्षणमा पोखरा जाने बक्सिङ टोलीलाई आइतबार राखेप सदस्यसचिव रमेशकुमार सिलवाल, नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले तथा संघका पदाधिकारीहरुले बिदाई गरे ।
सागका लागि १६ खेलाडी बन्द प्रशिक्षणमा छन् । पोखरामा नेपाली टोलीलाई उज्वेकिस्तानका आइवा प्रथम स्टार प्रशिक्षक एलिसर राखिमोव, नेपालका मुख्य प्रशिक्षक प्रकाश थापा मगरले प्रशिक्षण दिने छन् ।
यस्तै वरिष्ठ प्रशिक्षक प्रवीन तुलाधर, प्रशिक्षक डम्बर दत्त भट्ट, सहायक प्रशिक्षक किशोर लिम्बु र दिपक महर्जन पोखरा गएका छन् । महर्जन हाल जुनियर बक्सिङ टोली प्रशिक्षणमा नेपाल बाहिर छन् ।
प्रशिक्षणमा महिलातर्फ ललिता महर्जन ४८ केजी, माला राई ५१ केजी, मिनु गुरुङ ५४ केजी, चन्द्रकला थापा ५७ केजी, संगिता सुनुवार ६० केजी र पुनम रावल ६४ केजी रहेका छन् ।
पुरुषतर्फ सुशिल थापा मगर ४९ केजी, तेज बहादुर देउवा ५२ केजी,पुरण राई ५६ केजी, सनिल शाही ६० केजी, भुपेन्द्र थापा ६४ केजी, विकास लामा ६९ केजी, दिपक श्रेष्ठ ७९ केजी, मनोहर बस्नेत (म्याक्स) ८१ केजी, अर्जुन सिगु ९१ केजी र आशिष दुवाडी ९१ केजी छन् ।
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]