6 years ago
October 17, 2019
काठमाडौं (हाम्रो खेलकुद)– स्वीट्जरल्याण्डका अन्तर्राष्ट्रिय टेबल टेनिस प्रशिक्षक पाभेल रिहोरेकलाई बिहीबार विदाई गरिएको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्य एवं प्रदेश ३ राखेपका संयोजक सुदील शाहीको पहलमा एक हप्ताका लागि १३औं दक्षिण एसियाली खेलकुद (साग) को लागि बन्द प्रशिक्षणमा रहेका टेबल टेनिस खेलाडीहरुलाई प्रशिक्षण दिन आएका पाभेललाई विदाई गरिएको हो ।
उनी शनिबार स्वीट्जरल्यान्ड जानेछन् । रिहोरेको प्रशिक्षणमा खेलाडीले एक साता लैनचौरस्थित टेबल टेनिस प्रशिक्षण केन्द्रमा प्रशिक्षण गरेका थिए । राखेप सदस्य शाहीले साता दिनको प्रशिक्षण भएपनि एक दिने जस्तो भएको बताए ।
‘उनको प्रशिक्षणमा खेलाडीले राम्रो प्रशिक्षण गरिएको देखियो । यसरी नै मिहेनत गर्ने हो भने सागमा पदक पक्का छ । उनी जस्तो स्तरीय प्रशिक्षकँग प्रशिक्षण लिन पाउनु पनि खेलाडीको लागि ठुलो कुरा हो ’ विदाईका क्रममा शाहीले भने, ‘हामीले उहाँलाई एक हप्ताका लागि ल्याएका हौं । समय मिलेको अवस्थामा हामी पुनस् कम्तीमा दुई हप्ताका लागि बोलाउनेछौं ।’

महिलातर्फ नम्बर १ नविता श्रेष्ठले स्तरीय प्रशिक्षकबाट प्रशिक्षणको अवसर पाउनु ठूलो विषय भएको र धेरै कुरा सिक्ने अवसर पाएको बताइन् । अर्का खेलाडी शिव सुन्दर गोथेले स्तरीय प्रशिक्षक पाभेलबाट धेरै सिक्न पाइएको र यस्ता खालका वैदेशिक प्रशिक्षक नै नेपाल आएर प्रशिक्षण गराउनुले नयाँ पिढीलाई पनि सहयोग हुने बताए ।
प्रशिक्षक पाभेलले आफुले जानेको चीज दिएको र नेपाली खेलाडीमा क्षमता रहेको बताउदै खेलाडीहरुले राम्रो प्रशिक्षण लिएको बताए । पाभेलले यसअघि एभीएमका खेलाडीहरुलाई प्रशिक्षण दिएका थिए ।
प्रशिक्षक पाभेलसँग जर्मनीमा ९ बर्ष, स्वीट्जरल्याण्ड १८ बर्ष, श्रीलङका र चेकमा समेत प्रशिक्षण दिइसकेको अनुभव छ । उनी २०१६–२०१८ मा वेष्ट टेनर अफ द इयर बाट समेत सम्मानित भएका थिए ।
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]