6 years ago
October 17, 2019
काठमाडौं (हाम्रो खेलकुद)– एसियाली खेलकुदका कास्य पदक विजेता पूर्व बक्सर तथा प्रशिक्षक दीपक महर्जनले इन्टरनेसनल बक्सिङ एसोसिएसन (आइवा) को थ्री स्टार कोचेज कोर्ष उत्तीर्ण गरेका छन् ।
महर्जनले २०१९ जुन २८ देखि जुलाई ४ सम्म दक्षिण कोरयाको सुवोनमा भएको कोचेज कोर्ष सफलतापुर्वक उत्र्तीण गरेको आइवा बक्सिङका अन्तरिम अध्यक्ष डा. मोहमेद मौस्तासेनले नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेलाई सम्बोधन गर्दै जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
थ्री स्टार कोजेज कोर्स उत्तीर्ण भएसँगै महर्जनले यो मौका दिने नेपाल बक्सिङ संघलाई धन्यवाद दिएका छन् । ‘मलाई यो मौका दिने नेपाल बक्सिङ संघलाई धन्यवाद । आगमी दिनमा नेपाली बक्सर उत्पादन गर्नको लागि मैले सिकेको कुराहरु शेयर गर्नेछु । पुनः नेपाल बक्सिङ संघलाई धन्यवाद ।’
दीपक ग्वाङजाउ एसियाड (सन् २०१०) का कास्य पदक विजेता हुन् । त्यति बेला उनले मात्र देशका लागि पदक जितेका थिए ।
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]