9 years ago
June 17, 2016
काठमाडौं (हाम्रो खेलकुद ) – नेपाल एपिएफ क्लब प्रथम राष्ट्रिय फेन्सिङ्ग च्याम्पियनसिप २०७२ को महिला र पुरुष दुवै तर्फ टिम च्याम्पियन बनेको छ । महिलातर्फ १७ अंक पाएको एपिएफले पुरुषमा १९ अंक जोड्यो ।
प्रतियोगिताका अधिकांश पदक जितेको एपिएफ जङ्गगिरीले, रामबहादुर शाहीले र सुखीराम तामाङले इपी पुरुष व्यक्तिगत स्पर्धामा क्रमश स्वर्ण, रजत र कास्य जिते । अर्को कास्य शिवपुरी उ.मा.बि.का ओमकार सिंहले हात पारे ।
महिला व्यक्तिगतमा कास्कीकी राखी शर्माले एपिएफकी सुकुमाया घिसिङ्गलाई पराजित गर्दै स्वर्ण हात पारिन् । तेश्रो स्थानमा एपिएफका जानुका स्याङताङ्ग र तुलसा बुढाथोकी रहे ।
इपीकै पुरुष टिम ईभेन्ट्समा एपिएफले स्वर्ण हात पा¥यो । त्रिभुवन आर्मीले रजतमा चित्त बुझायो भने शिवपुरी उ.मा.बि.ले कास्य प्राप्त ग¥यो । महिलातर्फ एपिएफले शिवपुरीलाई पछाडि पार्दै स्वर्ण आफ्नो कब्जामा लियो । त्रिभुवन आर्मीले कास्य पायो ।
दुई दिने च्याम्पियनसिपको फ्वाईल पुरुष ब्यक्तिगततर्फ काँडाघारी फेन्सिङ्ग क्लबले सेनालाई पराजित गर्दै स्वर्णमा कब्जा जमायो । तेश्रो स्थानमा एपिएफका गणेश थापा र धापासीका अमित भण्डारी रहे ।
यस्तै महिला ब्यक्तिगततर्फ त्रिभुवन आर्मीकी रमाकुमारी सिंहले स्वर्ण प्राप्त गरिन् । एपिएफकी उर्मिला माझीले रजत तथा आर्मीकी सुमित्रा भण्डारी र एपिएफकी मन्दिरा थापाले कास्य पाए ।
फ्वाईल तर्फको पुरुष टिम ईभेन्ट्सम ाआर्मीले बाजी मा¥यो । दोश्रो स्थानमा एपिएफ र तेश्रो स्थानमा कास्की फेन्सिङ्ग संघ रह्यो । महिलातर्फ एपिएफले आर्मीलाई पछिपार्दै स्वर्ण जित्यो । शिवपुरी उ.मा.बि.ले कास्यमा चित्त बुझायो ।
विजयी खेलाडीहरुलाई नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठ, उपाध्यक्ष पुरेन्द्रविक्रम लाखे, सदस्य निलेन्द्र राजश्रेष्ठ, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठलगायतले पुरस्कार वितरण गरे ।
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लबले दोस्रो जित निकालेको छ । आज भएको पहिलो प्रतिस्पर्धात्मक खेलमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-१ सेटले पराजित गरेको हो । एपिएफ २५-१५,२२-२५,२५-१८,२५-१८ विजयी भएको हो । आर्मीले २२–२५ को सेट आफ्नो पक्षमा पारेको थियो । खेलको प्लेयर अफ द म्याच […]