9 years ago
June 22, 2016
भारतमा गत फेब्रुअरीमा सम्पन्न १२ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कुस्तीमा पदक जितेका खेलाडीलाई बुधबार नगदसहित सम्मान गरिएको छ ।

कुस्तीमा नेपालले पुरुषतर्फ २ कांस्य पदक जितेको थियो । ६० केजी तौलसमूहमा रामबाबु यादव र ६५ केजीमा सरोज यादवले कांस्य जितेका थिए । राज मोहम्मद अन्सारी अध्यक्ष रहेको नेपाल कुस्ती संघ र स्पोर्ट्स फर अल कमिसनले ओलम्पिक डेको अवसरमा उनीहरुलाई सम्मान गरेको हो ।
राष्ट्रिय खेलकुद परिषद (राखेप) का उपाध्यक्ष एवं नेपाल ओलम्पिक कमिटीका महासचिव लामा टेन्डी शेर्पा, राखेप सदस्य उपेन्द्र पौडेल र अध्यक्ष अन्सारीले उनीहरुलाई नगद १०–१० हजार रुपैयाासहित सम्मान पत्र प्रदान गरी सम्मान गरे ।
सोही अवसरमा टिम प्रशिक्षक खगेन्द्रबहादुर बस्नेत र धर्मराज यादव तथा व्यवस्थापक साहिल अन्सारीलाई पनि नगद ५–५ हजारसहित सम्मान गरिएको थियो ।
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लबले दोस्रो जित निकालेको छ । आज भएको पहिलो प्रतिस्पर्धात्मक खेलमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-१ सेटले पराजित गरेको हो । एपिएफ २५-१५,२२-२५,२५-१८,२५-१८ विजयी भएको हो । आर्मीले २२–२५ को सेट आफ्नो पक्षमा पारेको थियो । खेलको प्लेयर अफ द म्याच […]