default_image

6 years ago

December 23, 2019

ग्रान्ड स्लामका पदक विजेता बक्सर भुपेन्द्र र मिनुको भव्य स्वागत

171 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – चीनको जिङ्याङमा भएको एसियाली ग्रान्ड स्ल्याम बक्सिङ प्रतियोगिताका पदक विजेता खेलाडी भुपेन्द्र थापा र मिनु गुरुङलाई नेपाल बक्सिङ संघले सोमबार भव्य स्वागत गरेको छ ।

ग्रान्ड स्लाममा भुपेन्द्र र मिनुले रजत पदक जितेका थिए । उनीहरुलाई नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले, राखेप सदस्य समेत रहेका बक्सिङ संघका उपाध्यक्ष अर्जुनबहादुर केसी, मुख्य प्रशिक्षक प्रकाश थापा मगरलगायतका पदाधिकारी, खेलाडी, पदक विजेताका परिवारलगायतले सोमबार स्वागत गरे ।

रजत विजेता दुवै खेलाडीले दुई साता अघि सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा आ आफ्नो तौल समूहमा स्वर्ण पदक जितेका थिए ।स्वागत कार्यक्रममा अध्यक्ष अवालेले अहिलेको सफलताले अनुभावले एसियाली तथा ओलम्पिक खेलकुदमा राम्रो नतिजा ल्याउन मद्दत पुग्ने धारणा व्यक्त गरे ।

राखेपका सदस्य केसीले जुनसुकै प्रतियोगितामा पनि प्रतिद्वन्द्वीलाई कडा चुनौती दिन नेपाली खेलाडी सक्षम रहेको धारणा व्यक्त गरे । पदक विजेता दुवै खेलाडीले स्वर्ण नजिक पुगरे पनि असफल भएकोमा दुःख व्यक्त गर्दै आगामी दिनमा कमीकमजोरीलाई सुधार्दै स्वर्ण जित्न प्रयास गर्ने बताए ।

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

December 5, 2025

आर्मी अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]

December 4, 2025

अर्जुनधारा महिला भलिबलमा पुलिसको जित

हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]

Success

Thank you for your time.