6 years ago
January 2, 2020
काठमाडौं (हाम्रो खेलकुद) – गत महिना सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा बक्सिङमा स्वर्ण पदक जित्ने खेलाडी शनिबार नगदसहित सम्मानित भएका छन् ।
बक्सिङका पूर्व खेलाडी कुस बस्नेतले सागका स्वर्ण पदक विजेता ६० केजीका सनिल शाही, ६४ का भुपेन्द्र थापा र ५४ केजीकी मिन गुरुङलाई समान २५ हजार रुपैयाँले सम्मान गरेका छन् । सागकै रजत र कास्य पदक विजेतालाई पनि सोही अवसरमा सम्मान गरियो ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेश कुमार सिलवाल, नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेलगायत संघका पदाधिकारीले सम्मान गरेका थिए ।
राखेपका सदस्य सचिव सिलवालले खेलाडी उत्पादन गर्न ग्रासरुट देखिनै लगानी गर्नु पर्नेमा जोड दिए । उनले सातै प्रदेशमा बक्सिङ हल बनाउन संघलाई सल्लाह दिए । बक्सिङले अब एसियाली खेलकुद र ओलम्पिकमा स्वर्ण पदक जित्ने लक्ष्यका साथ काम गर्नुपर्ने बताए । बक्सिङ संघका अध्यक्ष राम अवालेले सागका पदक विजेता खेलाडीलाई बधाई दिए ।
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]