default_image

6 years ago

January 10, 2020

खिलध्वज, योग र रुद्र च्याम्पियन

113 views

0 Bookmark

काठमाडौं (काठमाडौं)- खिलध्वज खड्का (गणेश), योगबहादुर बस्नेत (देवकी) र रुद्रबहादुर कार्की छैटौं राष्ट्रिय घोडचढी प्रतियोगिता (नेसनल इक्वेष्टेरियन च्यापियनसिप) को च्याम्पयन बनेका छन् ।

खिलध्वज खड्का (गणेश) हाइजम्पतर्फ, योगबहादुर बस्नेत (देवकी) सोजम्प र रुद्रबहादुर कार्की टेन पेकिङमा च्याम्पियन बन्न सफल भएको हो ।

टुडिँखेलमा शुक्रबार सम्पन्न तीन विधाको प्रतिस्पर्धा (हाइजम्प, सोजम्प र टेन पेकिङ) अन्र्तगत हाइजम्पतर्फ रामबहादुर दाहाल (सम्मोहन) दोस्रो र सविन कुमार पाखेरेल (आकांक्षा) ले तेस्रो स्थान हात पारे ।

सोजम्पतर्फ लालबहादुर कुँवर (लमजुङ) दोस्रो र रामबहादुर दाहाल (सम्मोहन) ले तेस्रो स्थान हात पारे । त्यसैगरी प्रतियोगिताको अर्को विधा टेन पेकिङमा गोविन्दबहादुर खड्काले दोस्रो तथा लक्ष्मण रावलले तेस्रो स्थान हात पारे ।

सवै विधामा प्रथम, दोस्रो र तेस्रो हुने विजेतालाई जनही २० हजार, १५ हजार र १० हजार पुरस्कार स्वरुप प्रदान गरियो ।
प्रदर्शन खेल अन्र्तगत महिला राइडरहरुलाई प्रोत्साहन वापत जनही पाँच हजार प्रदान गरिएको थियो । यसरी पुरस्कृत हुनेमा हरिमाया गुरुङ, शारदा केएम, कविता थापा र सरिता श्रेष्ठ रहेका थिए । प्रतियोगितामा २६ राइडरको सहभागिता रहेको थियो ।

विजयी खेलाडलिाई प्रधानसेनापति पुर्णचन्द्र थापाले पुरस्कृत गरे । प्रतियोगितालाई नेपाली सेना, राष्ट्रिय खेलकुद परिषद र भ्रमण बर्ष २०२० को उच्चस्तरको सहयोग रहेको थियो । त्यसैगरी कतार एयरवेज, लिओन मोटर्स, टिभिएस मोटर्स लगायतले प्रायोजन गरेको थियो ।

December 20, 2025

रुविन र इभाना अन्तरवडा राष्ट्रिय टेबल टेनिस च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर महानगरपालिका ८ का रुविन महर्जन र शिवसताक्षी ८ की इभाना थापाले पाँचौं अल नेपाल अन्तरवडा राष्ट्रिय टेबलटेनिस प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । खुला सिंगल्सको पुरुषमा रुविन र महिलामा इभाना च्याम्पियन बनेका हुन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा शनिवार भएको पुरुष फाइनलमा रुविनले ललितपुर १६ का संयोग कपालीलाई ४–११, ११–८, […]

December 20, 2025

नेप्लिज तेक्वान्दो आइओएफटिसीको टिम च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- नेप्लिज तेक्वान्दो एकेडेमी १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप  (आइओएफटिसी) को टिम च्याम्पियन बनेको छ । राष्ट्रिय खेलुकद परिषद्को कभर्डहलमा शनिवार सम्पन्न भएको प्रतियोगितामा नेप्लिज तेक्वान्दोले सर्वाधिक ४५ स्वर्ण, ३२ रजत र ३१ कास्य पदक जित्यो । कोटेश्वर तेक्वान्दो डोजाङ दोस्रो र चन्द्रागिरी तेक्वान्दो डोजाङ तेस्रो भयो । कोटेश्वरले ३१ स्वर्ण, […]

December 19, 2025

एनओसीबाट १४ खेलाडीलाई छात्रवृत्ति प्रदान

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) ले एलए ओलम्पिक, एसियाली खेलकुद र युथ ओलम्पिकका गरि १४ खेलाडीलाई छात्रवृत्ति प्रदान गरेको छ। सन् २०२८ मा हुने एल‌ए ओलम्पिक‌का लागि विभिन्न ८ खेलका समान खेलाडीले छात्रवृत्ति प्राप्त गरेका छन्। एल‌ए ओलम्पिक‌सम्मका लागि तयारीका लागि मासिक १ हजार १ सय २५ अमेरिकी डलर प्राप्त गर्नेछन्। यसरी ओलम्पिक […]

Success

Thank you for your time.