default_image

6 years ago

January 23, 2020

चीनमा हुने भनिएको बक्सिङ ओलम्पिक छनोट स्थगित

164 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– चीनको बुहान यसै महिना सुरु हुने ओलम्पिक बक्सिङ एसिया ओसियाना छनोट स्थागित भएको नेपाल बक्सिङ संघले जनाएको छ ।

चीनको बुहान सहरमा कोराना भाइसर फैलिरहेका कारण विश्व स्वास्थ्य संगठनले उक्त सहरको यात्रा नगर्न दिएको सल्लाह अनुसार छनोट स्थगित गरिएको ओलम्पिक बक्सिङ टाक्सफार्स समितिलाई उदृत गर्दै बक्सिङ संघले जनाएको छ । छनोट माघ २० देखि फागुन २ गते सम्म आयोजना हुने तय थियो ।

उक्त छनोटका लागि नेपाली खेलाडी प्रशिक्षणमा सामेल छन् । छनोटमा महिलातर्फ १३ औं दक्षिण एसियाली खेलकुद (साग) स्वर्ण पदक विजेता मिनु गुरुङ, संगिता सुनार र पुरुषतर्फका स्वर्ण पदक विजेता सनिल शाहीले ओलम्पिक छनोटमा प्रतिस्पर्धा गर्नेछन् ।

उज्वेकिस्तानका अलिसेर राखिमोभ, प्रमुख प्रशिक्षक प्रकाश थापा मगर, दीपक मजर्हन र प्रविण तुलाधरले प्रशिक्षण दिइरहेका छन् ।

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

December 5, 2025

आर्मी अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]

December 4, 2025

अर्जुनधारा महिला भलिबलमा पुलिसको जित

हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]

Success

Thank you for your time.