default_image

6 years ago

January 23, 2020

पाल्पामा हाफ म्यामराथनसहितको विजय दौड शनिबार

172 views

0 Bookmark

पाल्पा (हाम्रो खेलकुद)– नेपाल भ्रमण वर्ष २०२० को अवसर पारेर तानसेनमा ‘विजय दौड’ आयोजना हुने भएको छ । श्री गोरखदल गण तानसेन र पाल्पा जिल्लाका स्थानीय तहको आयोजनामा विजय दौड शनिबार आयोजना गरिएको गोरखदल गण, नागपोखरी व्यारेकका सेनानी मनोज डंगोलले बताए ।

‘विजय दौड’ अन्तरगत हाफ म्याराथन (२१ किमि), ५ किमी दौड (कक्षा १२ सम्म अध्ययनरत छात्र छात्राबीच ) तथा ३ किमी वाकाथुन हुने डंगोलले जनाए । हाफ म्याराथनको विजेताले ५० हजार, दोस्रोले ३०, तेस्रोले ३० र चौथोले ५ हजार रुपैयाँ पाउनेछन् ।

त्यस्तै ५ कि.मी दौड तर्फ छात्रा÷छात्र दुवैतर्फका विजेताले समान २०, दोस्राले १०, तेस्रोले ५ तथा चौथोले २ हजार रुपैयाँ पाउने आयोजक सस्थाका सहयोगी एबं तानसेन नगर पालिका वडानम्बर ६का वडा अध्यक्ष सागर महर्जनले बताए ।

हाफ म्याराथन को रुट तानसेन टुडिखेलबाट सुरु गरि तानसेन बजार हुदै भैरवस्थान पुगि पुनः टुडिखेल आई टुंगिनेछ । यस्तै ५ कि.मी दौड टुडिखेलबाट तानसेन बजार श्रीनगर हुदै पुन टुडिखेलमा सकिने छ भने ३ कि.मी दौड टुडिखेल तानसेन बजार हुदै पुन टुडिखेलमा पुगेर सकिनेछ ।

निशुल्क भाग लिन पाउने दौडको पहिला ३ सय जना सहभागीलाई निशुल्क टिसर्ट प्रदान गरिने बताइएको छ । दौडको सबै तयारी पुरा भएको र २ सय भन्दा बढीले दर्ता गराइसकेको बताइएको छ । दर्ताका लागि शनिबार सम्मको समय दिइएको छ ।

अंग्रेज संगको युद्धमा नेपाललाई विजयी बनाएका पाल्पाका तत्कालीन कर्णेल उजिर सिंह थापाको संझनामा विजयी दौड आयोजना गरिएको जनाइएको छ । बुटवल जितगढीमा अंग्रेजहरु आक्रमणका लागि आइरहेको थाहा पाई पाल्पाली कर्णेल बुटवल युद्धमा गएका थिए ।

बि.स. १८७१ देखि १८७२ सम्म भएको युद्धमा नेपाली सेना अंग्रेज सेनालाई हराउन सफल भएको थियो । कर्णेल थापा युद्धमा जानु अघि पाल्पामा भगवतिको मुर्ति सामु युद्ध जितेमा फिर्ता आई भगवति माताको सिन्दुर जात्रा गर्दै मन्दिर बनाउने भाकल गरेका थिए ।

पछि युद्ध जितेर फिर्ता आएपछि भाकल अनुसार भगवतिको मन्दिर बनाई सिन्दुर जात्रा निकालेका थिए । त्यतिबेला देखि अहिले सम्म प्रत्येक बर्ष भाद्रकृष्ण नवमीका भगवति यात्रा हुदै आएको छ । त्यही युद्धको जितको संझनामा विजय दौड यो पटक देखि सुरु हुन लागेको हो ।

December 19, 2025

एनओसीबाट १४ खेलाडीलाई छात्रवृत्ति प्रदान

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) ले एलए ओलम्पिक, एसियाली खेलकुद र युथ ओलम्पिकका गरि १४ खेलाडीलाई छात्रवृत्ति प्रदान गरेको छ। सन् २०२८ मा हुने एल‌ए ओलम्पिक‌का लागि विभिन्न ८ खेलका समान खेलाडीले छात्रवृत्ति प्राप्त गरेका छन्। एल‌ए ओलम्पिक‌सम्मका लागि तयारीका लागि मासिक १ हजार १ सय २५ अमेरिकी डलर प्राप्त गर्नेछन्। यसरी ओलम्पिक […]

December 18, 2025

ह्विलचेयर रग्बीमा बिआइए इन्स्टिच्युट विजयी

काठमाडाैं (हाम्रो खेलकुद)- आयोजक बिआइए इन्स्टिच्युटले पहिलोपटक आयोजना भएको ह्विलचेयर रग्बी मैत्रीपूर्ण प्रतियोगिताको उपाधि जितेको छ। बौद्धस्थित डाउनटाउनमा बिहीवार भएको खेलमा बिआइएले स्पाइनल इन्जरी संघ नेपाललाई ५-३ स्कोरले हराउँदै उपाधि हात पारेको हो। गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५, नेपाल रग्बी संघ तथा नेपाल स्पाइनल कर्ड इन्जरी संघको सहयोगमा सम्पन्न यो प्रतियोगिता नेपालमा ह्विलचेयर रग्बी खेलको […]

December 11, 2025

दोलखा चेस होम्सलाई राष्ट्रिय टिम चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि  जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]

Success

Thank you for your time.