6 years ago
January 30, 2020
काठमाडौ (हाम्रो खेलकुद)– नेपाल बुद्धिचाल संघको सातौं साधारणसभा तथा अधिवेशन चैतमा हुने भएको छ । बुधबार मकवानपुरको हेटौंडामा सम्पन्न संघको केन्द्रीय कार्यसमितिको बैठकले अधिवेशन चैत २८ र २९ मा वीरगंजमा गर्ने निर्णय गरेको थियो ।
संघमा २९ पुर्ण तथा २० एसोसियट गरि कुल ४९ जिल्ला तथा ७ प्रदेश संघ आबद्ध छन् । संघको अधिवेशनमा केन्द्रीय कार्यसमितिका ३१ जना, जिल्ला संघबाट ५८ जना, प्रदेश संघबाट २१ जना, आर्विटर कमिसनबाट २ जना तथा महिला र पुरुष तर्फका राष्ट्रिय च्याम्पियन १ र १ जना गरि जम्मा १ सय १४ जना प्रतिनिधि रहने संघले जनाएको छ ।
बागमती प्रदेश संघमा प्रजापति
बागमति प्रदेशको राजधानी हेटौंडामा सम्पन्न बागमती प्रदेश बुद्धिचाल संघको पहिलो अधिवेशनले ज्ञानकृष्ण प्रजापतिको नेतृत्वमा सर्वसम्मत नयाँ समिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा भक्तपुरका राजेश कक्षपति, सचिवमा काठमाडौका सुरवीर लामा तथा कोषाध्यक्षमा मकवानपुरका नरेन्द्र भण्डारी निर्वाचित भएका छन् । त्यसैगरी सदस्यमा दोलखाका उत्तम ढुङ्गेल, काभ्रेका सुनिलरत्न शाक्य, ललितपुरका रस्मा महर्जन, धादिङका सम्झना रिजाल र चितवनका मोहन श्रेष्ठ चयन भए ।
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लबले दोस्रो जित निकालेको छ । आज भएको पहिलो प्रतिस्पर्धात्मक खेलमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-१ सेटले पराजित गरेको हो । एपिएफ २५-१५,२२-२५,२५-१८,२५-१८ विजयी भएको हो । आर्मीले २२–२५ को सेट आफ्नो पक्षमा पारेको थियो । खेलको प्लेयर अफ द म्याच […]