6 years ago
February 2, 2020
पोखरा(हाम्रो खेलकुद)– पोखरामा प्याराग्लाइडिङ वल्र्डकप एशियन टुर तथा १९औं नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनसिप आयोजना हुने भएको छ । नेपाल हवाई खेलकुद संस्था (ना) को आयोजना तथा नेपाल प्याराग्लाइडिङ तथा ह्याण्डग्लाइडिङ संघ तथा नेपाल प्याराग्लाइडिङ पाइलट्स क्लबको सहयोगार्थ ११ देखि १७ फागुनसम्म प्रतियोगिता हुन लागेको हो ।
प्रतियोगितामा ३० राष्ट्रका १ सय २५ जना पाइलटको सहभागिता रहने आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जनाइएको हो । जसमा नेपालसहित भारत, बंगलादेश, फ्रान्स, रसिया, बेल्जिमय, अमेरिका काजकास्थान, जापान, कोरिया, इण्डोनेशिया, चीन, इरान, स्वीट्जरल्याण्ड, भियतनाम, जर्मनी लगायत देशका खेलाडीको सहभागिता रहने छ ।
विभिन्न इभेन्ट्सअन्तर्गत ओभरअल च्याम्पियनमा पहिलोदेखि दशौं स्थानसम्मका विजेताले मेडल र ट्रफी प्राप्त गर्नेछन् । यस्तै, महिलातर्फ च्याम्पियनसीपमा पहिलोदेखि पाँचौ स्थानसम्मकाले मेडल र ट्रफी प्राप्त गर्नेछन् ।
नेप्लिज च्याम्पियनमा पाँचौ स्थानसम्मका विजेता र एभ्रि टास्क विनर मेन्स् एण्ड वुमन्स् विजेताले मेडल र ट्रफी पाउने प्रतियोगिता संयोजक योगेश भट्टराईले जानकारी दिए । पोखराको सराङ्कोटदेखि उडान भरी तोकिएको स्थानमा पुगी फेवाताल किनारमा अवतरण गर्ने व्यवस्था मिलाइएको छ ।
प्रतियोगिताको मुल उद्देश्य एशियाका प्याराग्लाइडिङ खेलाडीलाई विश्वकपको सूपर फाइनलमा सोझै प्रवेश दिनका लागि गरिएको हो । विश्वकप सूपर फाइनल सन् २०२१ मा फ्रान्समा हुनेछ । प्रतियोगिताले नेपाल भ्रमण वर्ष २०२० लाई समेत प्रवद्र्धन गर्ने आयोजकको विश्वास छ ।
December 18, 2025
काठमाडाैं (हाम्रो खेलकुद)- आयोजक बिआइए इन्स्टिच्युटले पहिलोपटक आयोजना भएको ह्विलचेयर रग्बी मैत्रीपूर्ण प्रतियोगिताको उपाधि जितेको छ। बौद्धस्थित डाउनटाउनमा बिहीवार भएको खेलमा बिआइएले स्पाइनल इन्जरी संघ नेपाललाई ५-३ स्कोरले हराउँदै उपाधि हात पारेको हो। गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५, नेपाल रग्बी संघ तथा नेपाल स्पाइनल कर्ड इन्जरी संघको सहयोगमा सम्पन्न यो प्रतियोगिता नेपालमा ह्विलचेयर रग्बी खेलको […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]