6 years ago
February 4, 2020
काठमाडौं (हाम्रो खेलकुद)– एडिडासको आधिकारिक विक्रेता रुट्स फेसन प्रालिले फागुनमा वीर गणेशमान सिंह एडिडास १० किलोमिटर रोड रेस आयोजना गर्ने भएको छ । रुट्सले यसअघि सन् २०१४ मा रोड रेसको आयोजना गरेको थियो ।

सर्वोच्च नेता गणेशमान सिंहको स्मृतिमा फागुन २५ गते रोड रेस आयोजना गरिने काठमाडौंमा मगंलबार पत्रकार सम्मेलनमार्फत रुट्स फेसनका प्रबन्ध निर्देशक सञ्जीव तुलाधरले जानकारी दिए । तुलाधरले रोड रेस अब बार्षिक रुपमा नियमित आयोजना गर्ने लक्ष्य रहेको सुनाए ।
सहभागिताका लागि खुला अव्हान गरिनेकोले ५ सयको हाराहारिमा सहभागिता रहने अनुमान गरिएको रेस डाइरेक्टर सुशिल नरसिंह राणाले बताए ।
लामो दुरीको धावनमा नेपाली खेलाडीको बढी सम्भावना रहेको उल्लेख गर्दै एथलेटिक्सका पूर्व मुख्य प्रशिक्षक समेत रहेका राणाले भने,‘ त्यसैले यस्ता रोड रेस अझ त्यसमा पनि १० किलोमिटर दौड बढी प्रभावकारी हुने भएकाले हामीले यहि आयोजना गरेका हौं ।’
रोडरेसको महिला÷पुरुषतर्फको विजेताले समान ६० हजार,दोस्रोले ३०, तेस्रोले १५, चौथोले १० र पाँचौ हुनेले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । छैटौंदेखि १०औ सम्म आउने खेलाडीले ४ हजार रुपैयाँ बराबरको गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् । प्रतियोगिता आयोजनाका लागि झन्डै १० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
दरबारमार्गस्थित एडिडास शोरुमबाट सुरु हुने रोड रेस महेन्द्र शालिक, रत्नपार्क, भद्रकाली, सहिदगेट, वीर अस्पताल, भोटाहिटी, जमल, राजदरबार दक्षिणगेट, केशरमहल, लैनचौर, लाजिम्पाट, महाराजगञ्ज, शिवपुरी स्कुल, बालुवाटार, नागपोखरी, जयनेपाली सिनेमा घर हुँदै पुनः एडिडास शोरुम दरबारमार्गमा आएर सकिनेछ ।
December 18, 2025
काठमाडाैं (हाम्रो खेलकुद)- आयोजक बिआइए इन्स्टिच्युटले पहिलोपटक आयोजना भएको ह्विलचेयर रग्बी मैत्रीपूर्ण प्रतियोगिताको उपाधि जितेको छ। बौद्धस्थित डाउनटाउनमा बिहीवार भएको खेलमा बिआइएले स्पाइनल इन्जरी संघ नेपाललाई ५-३ स्कोरले हराउँदै उपाधि हात पारेको हो। गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५, नेपाल रग्बी संघ तथा नेपाल स्पाइनल कर्ड इन्जरी संघको सहयोगमा सम्पन्न यो प्रतियोगिता नेपालमा ह्विलचेयर रग्बी खेलको […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]