default_image

6 years ago

February 28, 2020

प्रदेश १ बाट १४ बक्सिङ खेलाडी छानिए

165 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना आयोजना हुने गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताका लागि प्रदेश १ बाट १४ जना खेलाडी छनोट भएका छन् ।

बिहीबारबाट विराटनगरमा सुरु भएको प्रदेश १ स्तरीय छनोट प्रतियोगिताबाट पुरुष ४९ केजीमा तौल समूहमा झमेन्द्र राई, ५२ केजीमा भुगाल लिम्बू, ५६ केजीमा सुरेन्द्र राई, ६० केजीमा तोबिन प्रधान छनोट भए ।

यसैगरी ६४ केजीमा अभिनय राई, ६९ केजीमा प्रशान्त दाहाल, ७५ केजीमा प्रशिस रुचाल र ८१ केजी तौल समूहमा सुजन परियार राष्ट्रिय प्रतियोगिताका लागि छनोट भए ।

यसैगरी महिलाको ४८ केजीमा रोसिना लावती, ५१ केजीमा शिला राई, ५४ केजीमा जोसिका श्रेष्ठ, ५७ केजीमा सिर्जना गुरुङ, ६० केजीमा सुस्मिता राई र ६४ केजी तौल समूहमा त्रिशा जबेगु छनोट भए ।

राष्ट्रिय प्रतियोगिताका लागि छनोट हुन सफल खेलाडीलाई विराटनगर महानगरपालिकाकी उपप्रमुख इन्दिरा कार्की, प्रतियोगिता संयोजक राजीव श्रेष्ठलगायतले प्रमाणपत्र प्रदान गरे ।

प्रतियोगिताअन्तर्गत प्रदेश २ र बागमती प्रदेशको छनोट फागुन २० देखि २२ सम्म काठमाडौंमा हुनेछ । यस्तै गण्डकी प्रदेशको छनोट प्रतियोगिता फागुन २९ देखि चैत १ गतेसम्म पोखरामा, प्रदेश ५ र कर्णाली प्रदेशको छनोट भने चैत ४ देखि ६ गतेसम्म नेपालगन्ज र सुदूरपश्चिम प्रदेशको छनोट प्रतियोगिता चैत ८ देखि १० गतेसम्म धनगढीमा सञ्चालन हुनेछ ।
काठमाडौंमा चैत १८ गतेदेखि हुने राष्ट्रिय प्रतियोगिताका हरेक तौल समूहका विजेताले २५ हजार, दोस्रो हुनेले १५ हजार र तेस्रो हुने खेलाडीले सात हजार पाँच सय रुपैयाँ  प्राप्त गर्ने छन् । गत वर्षबाट सुरु भएको प्रतियोगिताको  उत्कृष्ट पुरुष खेलाडीलाई मोटरसाइकल र महिला खेलाडीलाई स्कुटर प्राप्त गर्नेछन् ।

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

December 5, 2025

आर्मी अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]

December 4, 2025

अर्जुनधारा महिला भलिबलमा पुलिसको जित

हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]

Success

Thank you for your time.