default_image

6 years ago

March 5, 2020

मौसम, सुष्मा प्रदेश २ र बागमतीका सर्वोत्कृष्ट

209 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- मौसम राना मगर र सुष्मा तामाङ बिर गणेशमान सिंह बक्सिङ च्याम्पियनसिपको छनोटमा सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् ।

भक्तपुरको सानोठिमीस्थित मध्यपुर युथ एसोसियनको मैदानमा भएको प्रदेश २ र बागमती प्रदेश छनोटमा पुरुषतर्फ मौसम  र महिलातर्फ सुष्मा सर्वोत्कृष्ट खेलाडी घोषित भएका हुन् ।
योसँगै काठमाडौंको बसन्तपुर डबलीमा हुने प्रतियोगिताको प्रदेश २ र बागमती प्रदेशको छनोट पुरा भएको छ । बागमती प्रदेशबाट १३ खेलाडी छनोट भए । कुल १४ खेलाडीको कोटा रहेपनि ८१ केजीमा कुनै खेलाडी सहभागी नहुँदा १३ खेलाडी मात्रै छनोट भएका हुन् ।

तीन दिनसम्म चलेको प्रतियोगिताको अन्तिम दिन पुरुषतर्फ ४९ केजीमा मकवानपुरका अनन्त ओझा, ५५ केजीमा काठमाडौंका मदन कृष्ण डंगोल छनोट भए ।

५६ केजीमा नुवाकोटका प्रशान्त लामा, ६० केजीमा काठमाडौंका मौसम राना मगर, ६४ केजीमा नुवाकोटका शौरभ बिमली छनोट भए । ६९ केजीमा काभ्रेका दावा छिरिङ लामा छनोट भए । यस्तै, ६५ केजीमा भने मकवानपुरकै निश्चल बिष्ट छनोट भए ।

Io

यस्तै, महिलातर्फ ४८ केजीमा काठमाडौंबाट सुस्मा तामाङ, ५१ केजीमा मनिषा राई, ५४ केजीमा शिवानी श्रेष्ठ र ५७ केजीमा मन्दिरा पतुवार छनोट भए । यस्तै, ६४ केजीमा काभ्रेकी हिमा राई छनोट हुँदा ६० केजीमा रामेछापको डोल्मा तामाङ छनोट भईन् ।सर्वोत्कृष्ट दुवै खेलाडीले ५ हजार रुपैयाँ  प्राप्त गरे ।

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

December 5, 2025

आर्मी अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]

December 4, 2025

अर्जुनधारा महिला भलिबलमा पुलिसको जित

हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]

Success

Thank you for your time.