9 years ago
July 25, 2016
काठमाडौं, – नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा एसियाली खेलकुद पत्रकार महासंघ (एआइपिएस) एसियाको दोस्रो केन्द्रिय समिति बैठक सोमबार राजधानीमा सम्पन्न भएको छ ।
एआइपिएस एसियाका अध्यक्ष मोहम्मद कासिमको अध्यक्षतामा बसेको बैठकले मञ्चका निर्वातमान अध्यक्ष अजय फुयालले एआइपिएस एसियाको मिडिया कमिटि सदस्य तथा मञ्चका प्रथम उपाध्यक्ष दुर्गानाथ सुवेदी (देवेन्द्र) लाई एआइपिएस अन्तर्गत युवा पत्रकार तालिमको प्रशिक्षकमा नियुक्त गरेको छ । मञ्चका पदेन सदस्य निरञ्जन राजवंशी एआइपिएस एसियाका कोषाध्यक्ष हुन् ।
मञ्चको आयोजना र राजवंशीको संयोजनमा एआइपिएस एसियाको बैठक सम्पन्न भएको हो ।
केन्द्रिय समिति बैठकले अर्को एआइपिएसको कंग्रेस र केन्द्रिय समिति बैठक सन् २०१७ को मार्चमा मलेसियामा आयोजना निर्णय गरेको छ ।
एआइपिएस एसियाका केन्द्रिय समिति, मञ्चको केन्द्रिय समिति तथा पल्सर स्पोर्टस अवार्डका विजेतालाई राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार सामूहिक रुपमा भेट्ने कार्यक्रम रहेको छ ।
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]