5 years ago
July 11, 2020
काठमाडौं (हाम्रो खेलकुद)– प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको केन्द्रीय खेलकुद विभागमा २३ सदस्य मनोनित भएका छन् । कांग्रेसका केन्द्रीय सदस्य समेत रहका खेलकुद विभागका प्रमुख मोहनबहादुर बस्नेतले विभागका सदस्यको नामावली पार्टी सभापति शेरबहादुर देउवालाई शुक्रबार बुझाएका छन् ।

विभागको उप प्रमुखमा पूर्व सांसद मोहनकुमार राई र करातेका प्रशिक्षक समेत रहेका सचिव मीनकृष्ण महर्जन छन् । विभागको उपप्रमुख र सचिव यसअघि नै मनोनित भइसकेका थिए । राई र महर्जन दुवै राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कोषाध्यक्ष रहिसकेका छन् ।
विभागका प्रमुख बस्नेतले सदस्यमा २३ जनालाई मनोनयन गरेका छन् । जसमा मणिभुषण यादव (बारा), उपेन्द्र यादव (सिरहा), दीपराज गुरुङ (काठमाडौं), विजेन्द्र हमाल (बाँके), शोभितराज प्रसाइँ (मोरङ), किशोर राई (सुनसरी), लनम चौधरी (झापा), जितबहादुर केसी (दाङ), पंकज नेम्वाङ (झापा), कृष्ण शर्मा (बर्दिया), प्रतिमा शाही (डोटी), र पूर्णसिंह बोहरा (डोटी) छन् ।
त्यस्तै उद्धव खड्का (काठमाडौं), उमेश खड्का (भक्तपुर), राजु कँडेल (नुवाकोट), देवकुमार मानन्धर (स्याङजा), भानु चन्द (कञ्चनपुर), कुवेरप्रकाश सिंह (कैलाली), सिंहबहादुर तामाङ (दोलखा), टपेन्द्र धर्नाल (सिन्धुपाल्चोक), बखतबहादुर शाही (हुम्ला), डम्बरबहादुर खड्का (इलाम) र शिव आचार्य (रुकुम) सदस्यमा मनोनित भएका छन् ।
कोरोना भाइरस कोभिड १९ का कारण उत्पन्न कठीन परिस्थिति र लकडाउनका कारण विभागले पूर्णता पाउन नसकेको सचिव महर्जनले बताए । उनले महिलासहित अन्य सदस्य केहि समयपछि मनोनित गरिने पनि जानकारी दिए ।
विभागले आफ्नो सम्पर्क कार्यालय समेत स्थापना गरेको छ । सदस्य सचिव महर्जनका अनुसार नयाँबानेश्वरमा कार्यालय स्थापना गरिएको छ । महर्जनले विभागले केहि समयमा आफ्नो कार्यक्रम सार्वजनिक गर्ने समेत बताएका छन् ।

December 18, 2025
काठमाडाैं (हाम्रो खेलकुद)- आयोजक बिआइए इन्स्टिच्युटले पहिलोपटक आयोजना भएको ह्विलचेयर रग्बी मैत्रीपूर्ण प्रतियोगिताको उपाधि जितेको छ। बौद्धस्थित डाउनटाउनमा बिहीवार भएको खेलमा बिआइएले स्पाइनल इन्जरी संघ नेपाललाई ५-३ स्कोरले हराउँदै उपाधि हात पारेको हो। गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५, नेपाल रग्बी संघ तथा नेपाल स्पाइनल कर्ड इन्जरी संघको सहयोगमा सम्पन्न यो प्रतियोगिता नेपालमा ह्विलचेयर रग्बी खेलको […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]