default_image

5 years ago

July 15, 2020

स्वर्ण विजेता सन्जुलाई सम्मान भन्दै अपमान!

152 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – गत वर्ष मंसिरमा नेपालमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा भारोत्तोलनतर्फ स्वर्ण विजेता सन्जु चौधरी नेपालगन्ज उपमहानगरपालिकाबाट सम्मान गर्ने भन्दै अपमानित भएकी छिन् ।

नेपाल प्रहरीकी सन्जु नेपालगन्जलाई २२ वर्षपछि भारोत्तोलनमा स्वर्ण दिलाउने खेलाडी हुन् । उनले सागको महिला ५९ केजी तौल समूहमा स्वर्ण जितेका थिइन् । १३औं सागकै कास्य विजेता प्रकाश केसीलाई उपमहानगरपालिकाले ५० हजारसहित सम्मानित गर्दा सन्जु भने खालि हात फर्किन बाध्य भइन् छन् । प्रकाशले ७३ केजी तौलसमूहमा कास्य जितेका थिए ।

नेपालगन्ज उप–महानगरपालिकाले मंगलबार सातौं नगरसभाको अवसर पारेर खेल क्षेत्रबाट सफलता हासिल गर्ने खेलाडीलाई सम्मान गर्ने भनेर बोलाएपनि सम्मान नगरी खाली हात फिर्ता पठाएर अपमान गरेको सन्जुले बताइन् । कार्यक्रम हुनुभन्दा केहि घण्टाअघि मात्र खबर पाएकी उनले आफू उपस्थित हुन नसक्दा आफ्नो अभिभावकलाई पठाएकी थिइन् ।

आफू काठमाडौंमा रहेका कारण आउने नसक्ने भएपछि सन्जुका बुवालाई सम्मान कार्यक्रममा गएका थिए । आवश्यक कागजात नपुगेको भन्दै उपमहानगरले फिर्ता पठाउँदा सन्जुले दुख व्यक्त गरिन् । ‘हामी खेलाडीको स्वाभिमान हुँदैन र ? कुरा नबुझी सम्मान छ भन्दै बोलाउने । आफू नसके परिवारको जो कसैलाई पठाउ भन्ने । परिवार पुगेपछि कुरा मिलेन भनेर जाउ भन्ने ? हामीलाई पैसा चाहिएको होइन, तर सम्मान भने आफैंले बोलाएर पछि फिर्ता पठाउनु दुखलाग्दो छ । खेलाडीमाथि गरिने यस्तो व्यवहारले मनोबल र आत्मसम्मानमा आँच आउने छ,’ सन्जुले भनिन् ।

‘यस्तै हुने हो भने आउने दिनमा अरू खेलाडीको परिवारले आफ्ना सन्तानलाई खेल्न दिन्छन् र ?’ सन्जुले आक्रोसको भावमा लेखेकी छन् । यस्तै सन्जुले खेलाडीले देशका लागि खेल्ने र पैसा होइन स्वाभिमान चाहिएको बताएकी छन् ।

December 18, 2025

ह्विलचेयर रग्बीमा बिआइए इन्स्टिच्युट विजयी

काठमाडाैं (हाम्रो खेलकुद)- आयोजक बिआइए इन्स्टिच्युटले पहिलोपटक आयोजना भएको ह्विलचेयर रग्बी मैत्रीपूर्ण प्रतियोगिताको उपाधि जितेको छ। बौद्धस्थित डाउनटाउनमा बिहीवार भएको खेलमा बिआइएले स्पाइनल इन्जरी संघ नेपाललाई ५-३ स्कोरले हराउँदै उपाधि हात पारेको हो। गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५, नेपाल रग्बी संघ तथा नेपाल स्पाइनल कर्ड इन्जरी संघको सहयोगमा सम्पन्न यो प्रतियोगिता नेपालमा ह्विलचेयर रग्बी खेलको […]

December 11, 2025

दोलखा चेस होम्सलाई राष्ट्रिय टिम चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि  जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

Success

Thank you for your time.