5 years ago
July 16, 2020
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर सोमपाल कामी, युवा ब्याट्सम्यान आरिफ शेख र नेपाल पुलिस क्लब क्रिकेट टोलीका सदस्य विजय कुमार धितालले स्वास्थ्य सामग्री सहयोग गरेका छन् ।

कोरोना महामारीको समयमा उनीहरुले पाँचपोखरी क्रिकेट क्लबको समन्वयमा पाँचपोखरी थाङ्गपाल धाप समुदायिक स्वास्थ्य ईकाइलाई बुधबार प्रदान गरेका हुन् । उक्त स्वास्थ्य सामग्री धापका साविक १, २, ३ र ४ का नागरिक लाभान्वित भएको विजय धितालले जानकारी दिए ।

सेनटरी प्याड, सेनिटाइजर, पञ्जा, अति आवश्यक औषधीहरु लगायतका स्वास्थ्य सामग्री रहेका थिए । उक्त सामुदायिक ईकाइ संचालक समितिका अध्यक्ष बाबुराम पौडेलले सामग्री सहयोग गरेकोमा धन्यावाद व्यक्त गरेका थिए ।

December 18, 2025
काठमाडाैं (हाम्रो खेलकुद)- आयोजक बिआइए इन्स्टिच्युटले पहिलोपटक आयोजना भएको ह्विलचेयर रग्बी मैत्रीपूर्ण प्रतियोगिताको उपाधि जितेको छ। बौद्धस्थित डाउनटाउनमा बिहीवार भएको खेलमा बिआइएले स्पाइनल इन्जरी संघ नेपाललाई ५-३ स्कोरले हराउँदै उपाधि हात पारेको हो। गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५, नेपाल रग्बी संघ तथा नेपाल स्पाइनल कर्ड इन्जरी संघको सहयोगमा सम्पन्न यो प्रतियोगिता नेपालमा ह्विलचेयर रग्बी खेलको […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]