default_image

5 years ago

July 19, 2020

प्रशिक्षकलाई पनि सम्मान गर्न आग्रह

111 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद कर्मचारी संघले खेलाडीलाई जस्तै प्रशिक्षकलाई पनि सम्मान गर्न प्रदेश तथा स्थानिय सरकारसमक्ष आग्रह गरेको छ ।

यसै साता प्रदेश १ ले गत मंसिरमा आयोजना भएको १३औं दक्षिण एसियालाी खेलकुद (साग) मा पदक जित्न सफल खेलाडीलाई मात्रै नगद पुरस्कारसहित सम्मानित गरेपछि राष्ट्रिय खेलकुद परिषद कर्मचारी संघले एक विज्ञप्ति जारी गर्दै खेलाडी उत्पादन तथा राज्यलाई ऐतिहासिक पदक दिलाउन योगदान गर्ने प्रशिक्षकहरु (खेल गुरु) लाई पनि हौसला प्रदान गर्न आग्रह गरेको हो ।

राष्ट्रलाई ऐतिहासिक जित दिलाउदै पदक प्राप्त गर्ने खेलाीसँगै खेलाडीलाई सक्षक र प्रतिभावान् बनाउने कार्यमा लामो समयदेखि प्रशिक्षण दिने प्रशिक्षकहरुले पनि पदक प्रप्त गरी खेलाडीलाई विजयी गराउने कार्यमा उत्तिकै भुमिका र निरन्तर योगदान हुने भएकाले नेपाल सरकारले पनि खेलाडी तथा प्रशिक्षकलाई सम्मानित गरिसकेको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा नेपालमा सम्पन्न १३औं सागमा ऐतिहासिक सफलता प्राप्त गरी राष्ट्रको नाम, इज्जत र प्रतिष्ठालाई उचाईमा पुर्याएको र खेलाडी तथा प्रशिक्षकलाई तीनै तहको सरकारबाट आ–आफ्ना क्षेत्रका खेलाडी तथा प्रशिक्षकलाई नगद पुरस्कारसहित सम्मानित गरेकोमा कर्मचारी संघले आभार व्यक्त गरेको छ । तर, प्रदेश १ ले हालै आफ्नो प्रदेशबाट पदक जिताउने खेलाडीलाई मात्रै नगद पुरस्कारसहित सम्मानित गरेपनि प्रशिक्षकलाई सम्मानित नगरिएको हुदा उनीहरुको योगदान र भुमिकालाई वेवास्ता गरेको महसुस भएकाले प्रशिक्षकलाई पनि सम्मानित गर्नको लागि आग्रह गरेको छ ।

खेलाडीलाई मात्रै सम्मानित गरेपछि प्रदेश १ बाट पदक दिलाउन भुमिका निर्वाह गर्ने प्रशिक्षकहरुले प्रदेश १ को सरकारको सम्मानको विषयमा आक्रोस पोखेका थिए ।

December 18, 2025

ह्विलचेयर रग्बीमा बिआइए इन्स्टिच्युट विजयी

काठमाडाैं (हाम्रो खेलकुद)- आयोजक बिआइए इन्स्टिच्युटले पहिलोपटक आयोजना भएको ह्विलचेयर रग्बी मैत्रीपूर्ण प्रतियोगिताको उपाधि जितेको छ। बौद्धस्थित डाउनटाउनमा बिहीवार भएको खेलमा बिआइएले स्पाइनल इन्जरी संघ नेपाललाई ५-३ स्कोरले हराउँदै उपाधि हात पारेको हो। गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५, नेपाल रग्बी संघ तथा नेपाल स्पाइनल कर्ड इन्जरी संघको सहयोगमा सम्पन्न यो प्रतियोगिता नेपालमा ह्विलचेयर रग्बी खेलको […]

December 11, 2025

दोलखा चेस होम्सलाई राष्ट्रिय टिम चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि  जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

Success

Thank you for your time.